नेकपा द्धारा विद्यालयमा डेस्क वेन्चको व्यवस्था


मंसिर ३ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले जिल्लाको पलाँता गाउँपालिका स्थित खिनको कर्णाली माध्यमिक विधालयमा श्रमदान गरि विद्यार्थीलाई वस्ने डेस्क वेन्च व्यवस्था गरेकोे छ । विद्यालय क्षेत्र भन्दा टाढा वाट काठहरु ढुवानी गरि विद्यार्र्थीलाई वस्ने डेस्क वेन्च निमार्ण गरेको नेकपाले जनाएको छ ।
विद्यालयको कक्षा ११र१२को परीक्षा संचालनको तयारीको लागि कार्तिक २७ गते अभिभावक भेला भएको वेला वस्ने वेन्च नभएको कुरा उठेपछि नेकपाले आफ्नो पार्टीले गरिदिने वचन दिएको थियो ।
सोही वचन अनुसार नेकपाका नेता पदम वहादुर विकको अगुवाईमा अभियान टिमले विद्यार्थीको वस्नको लागि डेस्क वेन्च व्यवस्थापन गरिदिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
स्थानीय सरकारले भने अहिले सम्म विद्यालयलाई कुनै सहयोग नगरेको स्थानीयले गुनासो गरेका छन ।

 


विद्यालयका अध्यक्ष सत्तारुढ नेकपाका जिल्ला समन्वय समितिका सदस्य अनन्त वि.क. हुनुहुन्छ भने वडा अध्यक्ष नेकपा कै ऐनरा महतारा हुनुहुन्छ ।
तर पनि विद्यालयमा भौतिक संरचना ,डेस्क वेन्च , शैक्षणिक सामाग्री अभाव छ एक स्थानीयले भन्नु भएको छ । नेकपाले विद्यार्थीको लागि वस्ने वेन्चको व्यवस्था गरेपनि स्थानीयवासी हर्षित भएका छन ।
स्मरणरहोस ः यस अघि पनि नेकपाको पहलमा विद्युत मर्मत गरि वत्ति वाल्नु का साथै विभिन्न जनसेवाका कार्यहरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस