मंसिर ३, सुर्खेत । मोटरसाइकलको ठक्करबाट मंगलबार वीरेन्द्रनगर नगरपालिका–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएपछि आफन्तले आज विरोध प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर कर्णाली राजमार्ग बन्द गराएका हुन् ।
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्तले बुधबार सिद्धार्थ होटल चोकमा टायर बालेर विरोध जनाएका हुन् । बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाइकल र चालक दुवैको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले बताउनु भयो । उहाँका अनुसार मोटरसाइकल र चालकको खोजी भइरहेको छ ।
प्रदर्शनकारीले दोषी पहिचान गरी कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस