नेकपा रास्कोट ८ द्धारा माओवादी केन्द्रले फैलाएको भ्रम प्रति आपत्ति

२ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरपालिका वडानम्वर ८को वडा कमिटिले माओवादी केन्द्रले फैलाएको भ्रम प्रति आपत्ति जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी रास्कोट वडा नम्वर ८ को वडा कमिटिको विहिवार बसेको वैठकले आफ्नो कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भनेर फेसवुक बाट भ्रम फैलाएको विषयमा आपत्ति प्रकट गरेको हो ।

बैठकले माओवादी केन्द्रको भ्रममा नपर्न वडाकमिटिका सम्पूर्ण सदस्यहरुलाई निर्देशन समेत दिएको छ । केही समय अघि माओवादी केन्द्रका कार्यकर्र्ताहरुले आफ्नो वडा कमिटि सदस्य हरिसिंह विकलाई पार्टी प्रवेश गरेको भनेर प्रचार गरेकोमा आपत्ति जनाएको छ । उहाँ माओवादी केन्द्रमा नगएको र आफ्नै पार्टीमा रहेको नेकपाले जनाएको छ ।

विक स्वयम बैठकमा उपस्थिति हुदै आफू माओवादी केन्द्रमा नगएको र चुनाव प्रचारमा आउदा सम्मानको हिसावले उनीहरुलाई अविर लगाएको र त्यहि विषयलाई फेसवुकमा हालेर पार्टी प्रवेश गरेको भ्रम फैलाएको भन्दै बैठकमा माओवादी केन्द्र प्रति आपत्ति व्यक्त गर्नु भयो ।

उहाँले कसैको चरित्र हत्या गर्ने जस्ता कू–कार्य नगर्न पनि अग्रह गर्नु भयो । उहाँले माओवादी केन्द्रले षड्यन्त्रपूर्ण तरिकाले आफ्नो बारे भ्रम फैलाएको वडा कमिटिको वैठकमा जानकारी गराउनु भएको छ ।

बैठकले नेकपा माओवादी केन्द्रले चुनावको समयमा जागीर लगाई दिने लगायतका विभिन्न प्रलोभन देखाउदै जनतालाई दिने गरेको भ्रमको भण्डाफोर गर्ने निर्णय गरेको छ ।

उनीहरु जागिर लगाई दिने अर्को चुनावमा वडा अध्यक्षको टिकट दिने लगायतका भ्रमहरु फैलाउदै गाउँमा छरेको र केही लोभिपापीहरु भ्रमित भएपनि त्यसप्रति सचेत रहन बैठकले निर्देशन गरेको छ ।
वडा कमिटिको बैठकले सेक्रेटरीमा छाललाई नियुक्त गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य विराटले माओवादी केन्द्रको चुनावी भ्रममा नपर्न र चुनाव खारेज अभियानमा लाग्न निर्देशन समेत दिनु भएको छ ।

जिल्ला इन्चार्ज समेत रहनु भएका विराटले नवौं महाधिवेशनले लिएका पार्टीका निर्णयहरु बारे जानकारी गराउदै अब पार्टी सशक्त ढंगले आएको र चुनाबमा कसैलाई पनि भोट नहाल्न जनतालाई भन्न सहभागीहरुलाई निर्देशन दिनुुु भयो ।

वैठकमा नगर सेक्रेटरी निर्देशन र जनपत्रकारका केन्द्रीय सचिवालय सदस्य कर्ण विकको समेत सहभागिता रहेको थियोे ।

 

 

प्रतिक्रिया दिनुहोस