२ मंसिर,कालिकोट । रास्कोट नगरपालिका ८ का पुराना कम्युनिष्ट कार्यकर्ता धर्मराज रोकाया (राजन) ले आफू स्वतन्त्र भएको घोषणा गर्नु भएको छ ।
उहाँले सुक्रवार एक प्रेश विज्ञप्ति जारी गर्दै आफु कुनै पनि पार्टीमा नभएको र स्वतन्त्र वामपन्थी मात्र भएको वताउनु भएको हो ।
लामो समय देखि माओवादी आन्दोलनमा रहनु भएका रोकाया पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा आवद्ध हुनु भएको थियो ।
केही दिन अघि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको भनेर फेसवुक मार्फत भ्रमपूर्ण प्रचार गरेकाले आफू कुनै पार्टीमा प्रवेश नगरेको र स्वतन्त्र भएको घोषणा गर्नु भएको हो ।
जारी विज्ञप्तिमा विगत १० वर्षिय जनयुद्ध देखि माओवादी आन्दोलनमा संघर्ष गर्दै आएको र शान्ति प्रक्रिया पछि पनि निरन्तर क्रान्तिको पक्षमा रहेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरु कोही पनि इमान्दार र सच्चा क्रान्तिकारी नभएकाले आजका मिति देखि म स्वतन्त्र वामपन्थी मात्र भएको जानकारी गराउदछु भनिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ