नेकपा(माओवादी)अछामद्वारा सहिद परिवार भेटघाट

३ पुस,अछाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) अछामले जिल्लाको रामारोशन गाउँपालिका वडा न ६ भाटाकाटियाका सहिद परिवारसङ्ग भेटघाट गरेको छ । जिल्ला सेक्रेटरी निरकको नेतृत्वमा गएको टोलिले बुधबार स्थानीय सहिद परिवारसङ्ग भेटघाट गरेको हो ।
भेटघाटको क्रममा भाटाकाटियाको रोल्तेमा रहेको सहिद स्तम्भ र सहिद पठानसिंह साउदको स्मृतिमा बनाइएको सालिकमा माल्यार्पण समेत गरिएको छ ।
नेकपा (माओवादी)को केन्द्रीय नीति अनुरुप सहिद परिवार भेटघाट गरी उहाँहरुको सुझाव सल्लाह लिने काम गरिएको सेक्रेटरी निरकले बताउनु भएको छ ।

तत्कालीन जनयुद्धको आधार इलाका मानिएको रामारोशनको भाटाकाटियामा मात्रै २३ जना सहिद भएका थिए भने कैयौं व्यक्तिको घरमा आगजनी गरिएको थियो ।
भेटघाट कार्यक्रममा (माओवादी)को केन्द्रीय प्रतिनिधि समिति सदस्य राजेन्द्र साउद, गाउँ इन्चार्ज उज्ज्वल,अखिल( समाजवादी) सचिवालय सदस्य कमल,विद्यार्थी उपाध्यक्ष भुपाल लगायत स्थानीय विद्यार्थी, सहिद परिवार र जनताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस