७ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई शान्नित्रिवेणी गाउँपालिकाको सेरिज्यूलामा भव्य स्वागत गरिएको छ ।
बुधवार बेलुका स्थानीयवासी र नेता कार्यकर्ताले प्रवक्ता प्रकाण्डलाई बाजा बजाई, अविर र खादा लगाई भव्य स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी लगायतक विभिन्न पार्टी परित्याग गरी २ दर्जन कार्यकर्ता नेकपा (माओवादी)मा प्रवेश गरेका छन ।
उनीहरुले प्रचण्डको पार्टी दलाली गर्ने, भ्रष्टाचार गर्ने र कमिशन खाने पार्टीमा परिणत भएकाले आफ्नै पुरानो माओवादी घरमा फर्किएको बताएका छन ।
स्वागत कार्यक्रममा नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्डले नव प्रवेशीहरुलाई स्वागत गर्दै बधाई समेत दिनु भएको थियो ।
उहाँले स्वागत पछिको कार्यक्रममा वोल्दै यो चुनाव विगतको भन्दा फरक भएको भन्दै जनताको नेता जिताउन अपिल गर्नु भयो ।

उहाँले नवदलालहरु नेपाली जनताका सीमित अधिकार खोस्ने षड्यन्त्र गरेको परिवेशमा चुनाव हुन गईरहेको भन्दै नेपाली स्वाधीनता र सार्वभौम सत्ताको रक्षाको पक्षमा भोटिङ्ग गर्न आग्रह गर्नु भयो । उहाँले गणतन्त्र नेपाली जनताको नभएर साम्राज्यवादी दलाल पुँजीपति वर्गको भएको बताउनु भयो ।
उहाँले नेपाली जनताको मुद्धा हल गरेको भए जेनजी विद्रोह नजन्मिने पनि बताउनु भयो ।
कार्यक्रममा नेकपा (माओवादी)का समानुपातिक उम्मेदवार धिरिन्द्रा उपाध्याय (भृकुटी)ले दलितको अधिकार ल्याउछौ भन्नेहरुले कति वडा अध्यक्ष र पालिका अध्यक्ष बनाएका छन भनि प्रश्न गर्नु भयो । उहाँले आफ्नो पार्टी कुनै भ्रष्टाचार, कमिशन, व्याभीचार र रण्डीवाजीमा नलागेको भन्दै जनताको संविधान नबनेका कारण संघर्षमा रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा माओवादी नेता विराट सीले बोल्दै माओवादीलाई मतदान गर्न जनतालाई अपिल गर्नु भयो ।


