७ फागुन,कालिकोट । शान्नित्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी २८ जना नेकपा (माओवादी)मा प्रवेश गरेका छन ।
विहिवार मेहेलमुडीमा भएको माओवादीको चुनावी कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी २८ जना नेकपा (माओवादी)मा प्रवेश गरेका हुन ।
प्रवेश गर्नेमा १ जना नेकपा एमाले सम्वद्ध कार्यकर्ता भएपनि २७ जना नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध कार्यकर्ता रहेको नेकपा (माओवादी)का जिल्ला इन्चार्ज विवेक सीले जानकारी दिनु भयो । नवप्रवेशीहरुलाई नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले फुलमाला अविर लगाएर स्वागत गर्नु भएको थियो ।
प्रवक्ता प्रकाण्डले नवप्रवेशीहरुलाई बधाई दिदै माओवादी आन्दोलनमा जोडिएकोमा धन्यवाद समेत दिनु भयो ।
नवप्रवेशीहरुले नेपाली कम्युनिष्ट पार्टी भ्रष्ट,तस्कर, र कमिशनखोरहरुको पार्टी भएको भन्दै आफूहरुले जनताको वास्तविक पार्टी नेकपा (माओवादी) मात्र देखेकाले यसमा प्रवेश गरेको बताएका छन । यसअघि बुधवार पनि शान्नित्रिवेणीकै सेरिज्यूलामा नेपाली कम्युनिष्ट पार्टी सम्वद्ध कार्यकर्ता सहित २५ जना पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।

