निर्वाचन आयोगले देखिने गरी काम गरेन ः प्रधानमन्त्री


७ फागुन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताउनु भएको छ । ७१औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित समारोह सम्बोधन गर्दै उहाँले यस्तो वताउनु भएको हो । उहाले भन्नु भयो ‘निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्छ । मैले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पुस ६ मा निर्वाचन आयोगलाई बोलाएर अब निर्वाचनको तयारी गर्नुस् भनेको छु ।’
आयोगमा पुगेरै पनि निर्वाचन तयारीबारे सोधबुझ गरेको उहाले बताउनु भयो । उहाँले जनताले थाह पाउने गरी, समयमै निर्वाचन गराउने गरी जुट्नु पर्ने वताउनु भयो । प्रधानमन्त्री ओलीले कतिपय तत्वहरूले यो घोषणा भएको निर्वाचन निर्वाचन नै होइन भन्ने आरोप लगाएको भन्दै निर्वाचन तोकिएकै मितिमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिएको दावी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस