पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा अखिल (समाजवादी)का प्रकाश धामी विजयी

६ चैत्र, पोखरा । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल समाजवादीका प्रकाश धामी स्ववियु सभापतिमा विजयी हुनु भएको छ ।
बुधबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार धामीले निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका अनुप न्यौपानेलाई २ सय ६७ मतले पराजित गर्नु भयो । धामीले ७ सय १६ मत पाउँदा न्यौपानेले ४ सय ४९ मत पाउनु भयो । नेविसंघका सौगात पण्डितले ३ सय ४६, अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १ सय ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपक थापाले जानकारी दिनु भयो ।
सचिव र कोषाध्यक्ष अखिल (क्रान्तिकारी)ले जितेको छ । अखिल (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मत ल्याएर सचिव निर्वाचित हुनु भएको छ । क्रान्तिकारीका सशीष सापकोटा ६ सय ९९ मत ल्याएर कोषाध्यक्ष निर्वाचत हुनु भएको छ ।
क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिनु भएका धामीले संसदवादी ठुला भन्ने पार्टी निकटका विद्यार्थी संगठनका उम्मेदवारलाई प्राजित गरेर भारी मतले विजयी हुनु भएको हो ।
विद्यार्थी माझ लोकप्रिय उम्मेदवार धामीले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु, र कांग्रेस निकट नेविसंघका उम्मेदवारहरुलाई प्राजित गर्नु भयो ।
धामीको राम्रो व्यक्तित्वसंगै अखिल समाजवादी विद्यार्थीमाझ लोकप्रिय बन्दै गएको संगठन भएकाले ठुला भनिने संगठनहरु प्राजित भएका हुन ।
यो जितले अखिल समाजवादीलाई नयाँ उत्साह थपेको छ । अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सीले यो जितलाई ऐतिहाशिक जित भएको भन्दै स्ववियु सभापतिमा निर्वाचित भएकोमा धामीलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्नु भएको छ ।
अन्तिम मतपरिणामअनुसार अनेरास्ववियुले ५, नेविसंघ र क्रान्तिकारीले १÷१ सदस्य जितेका छन् । अनेरास्ववियुका अश्रान्त पहारी ९ सय २६, पूर्णिमा अछामी ८ सय १५, अंकित गैरे ७ सय ७१, अमृत बस्नेत ७ सय ४०, रूपेश पौडेल ६ सय २२, नेविसंघका सक्षम भण्डारी ७ सय ३ र क्रान्तिकारीकी निकिता पाठक ६ सय ८२ मत ल्याएर सदस्य निर्वाचित हुनु भएको छ । उक्त क्याम्पसमा २ हजार ४१ मतदाता रहेकोमा मंगलबार भएको निर्वाचनमा १ हजार ६ सय ९२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस