६ चैत्र, कालिकोट । रास्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपाने कार्यालयको काम छाडेर नेकपा माओवादी केन्द्रको झोले कार्यकर्ताको रुपमा परिचित हुन थाल्नु भएको छ ।
स्वास्थ्य शाखाको जनसेवाका कामलाई लत्याउदै पार्टीको पूर्णकालिन कार्यकर्ता जस्तै भएर दिनहु माओवादी केन्द्रको काममा हिडदा उहाँलाई झोले कार्यकर्ताको रुपमा रास्कोटवासीले चिन्नथालेका हुन । रास्कोटवासी जनताले उहाँ पार्टी काममै दिनहु लाग्ने हो भने स्वास्थ्य शाखाको कर्मचारी पदवाट राजिनामा दिएर खुल्ला राजनीति गर्न सुझाव दिएका छन ।
स्वास्थ्य शाखाको प्रमुख भएर विरामको उपचारकोवारे सोच्ने काममा भन्दा माओवादी पार्टीको कार्यकर्ता भएर दौडिदा सेवाग्राहीहरु मर्कामा परेका छन ।
विद्यार्थीको स्ववियु निर्वाचनको समयमा पनि माओवादी केन्द्रको निर्देशनमा हप्तौंसम्म कार्यालयको काम छोडेर शाखा प्रमुख न्यौपाने निर्वाचनमा खटिनु भएको थियो ।
उहाँले आज मात्रै आफ्नो फेसवुक लाईफमा समेत बोल्दै कर्मचारी सर्मचारी घाममा सुकाउनुहोस्, कर्मचारी भन्ने कुरा यस्तै हो, जनकराज न्यौपाने माओवादी पार्टी हुदासम्मको मान्छे हो, अरु हामीलाई केही छैन भन्नु भएको छ ।
उहाँका यी अभिव्यक्तिले पनि उहाँ राष्ट्रसेवक कर्मचारी हुन लाएकको व्यक्ति नभएको स्थानीयहरुले बताएका छन ।
जनचेतना वहुमुखी क्याम्पस मेहेलमुडीमा स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनलाई जिताउन खटिनु भएका स्वास्थ्य शाखा प्रमुख न्यौपाने माओवादी पार्टीको काममा भात्तडी हुदै जारकोट जाने क्रममा राष्ट्रसेवक कर्मचारीको मानमर्यादालाई ख्याल नगरेर जथाभावी बोल्दै गर्दा रास्कोटवासी जनता चिन्तित भएका छन ।
कर्मचारी न्यौपानेले जाड खाएको ताल जस्तै आफ्नै फेसबुक लाईफमा थप भन्नु भयो, ‘भोलि विहान जागीरै छोडिहाल्न पर्ने स्थिति आएपनि छोड्न तयार छु । हामीलाई जागीर सागिर केही चाहिएको छैन । कसैले कर्मचारी बुझेपनि हुन्छ, नेता बुझेपनि हुन्छ,साथिहरु अभिवादन सहित क्रान्तिकारी लालसलाम हैत ।’
भिडियो हेर्नुहाेस्
उहाँको यस्तो भिडियोप्रति पत्रकार कर्ण विश्वकर्माले कर्मचारी की पार्टीको झोले ? राज्यकोषबाट तलवभता खाएर पार्टीको झोले हुन सुहाउदैन, पार्टीको झोले हैन जनताको सेवक भएर काम गर भनेर सुझाव दिदा कर्मचारी न्यौपानेले फेसबुक म्यासेन्जरमा आएर उल्टै गाली गलौज गरेको पत्रकार विश्वकर्माले बताउनु भएको छ ।
कर्मचारी न्यौपानेले म्यासेन्जेरमा अस्लील शव्द सहित लेख्नु भएको छ, ‘त खातेले के कमेट गरिस, त ख्याल गर, कहाँ छस् भेट्छु । खाते नम्बर दे ! त घाँस मैले भेटे भने खान्छस् रास्काेट त आइजा।’
हेर्नुहाेस् गाली गरेको स्क्रिन सट
यस्ता यि शव्दले उहाँ कुनै कर्मचारी होईन । उहाँ केवल जडेया र गुण्डा हो । उहाँका यी शव्दले रास्कोटवासी जनतालाई उहाँले कस्तो सेवा दिनु हुन्छ होला ? यस्तो व्यक्तिलाई नगरसरकारका प्रमुख धर्मराज शाहीले किन काखि च्यापेका होलान ? । यी गम्भीर प्रश्नहरु उठेका छन । शाखा प्रमुख न्यौपानेका यस्ता व्यवहारले रास्कोटमा तिव्र अराजकता बढेको छ ।
उहाँले पत्रकार विश्वकर्मालाई आफू पार्टीकै नेता भए जस्तो गरी माओवादीहरुको एकता गर्न नदिने तिमिहरु चुतियाहरु नाङगिन्छौ भन्दै धम्की पनि दिनु भएको छ ।
उहाँको यस्तो वानी र व्यवहारले रास्कोटका सेवाग्राहीदेखि आफ्नै स्वास्थ्य शाखाका कर्मचारीहरु समेत वाक्क भएका छन ।
स्वास्थ्य शाखाको सरकारी स्थायी कर्मचारी भएर पनि सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेता देखि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटा काटुन बनाएर राख्ने, अस्लील शब्द प्रयोग गरि गाली गर्ने र अरुको चरित्र हत्या गर्ने लगायतका कामहरु गरिरहनु भएको रास्कोट नगरपालिका वडा नम्वर ६ का एक युवाले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली लक्षित स्टाट्स
उहाँका अनुसार स्वास्थ्य शाखा प्रमुख न्यौपाने सेवाग्राहीको काममा भन्दा पनि पार्टीकाममा व्यस्त हुने गर्नु भएको छ ।
एक स्थानीयले नाम नभन्ने शर्तमा उहाँ सपाङ्ग भएर पनि अपाङ्ग भएको भनेर नक्कली परिचयपत्र बनाएर अपाङ्ग कोटाबाट स्थायी जागिर खानु भएको बताएका छन । उहाँको नक्कली अपाङ्ग परिचयपत्रकोवारे एकपटक मुद्दा समेत परेको थियो ।
शाखा प्रमुख न्यौपाने भन्दा सिनियर स्वास्थ्य शाखा प्रमुख हंसराज बराल हुदा हुदै ०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखका उम्मेदवार धर्मराज शाहीलाई ७ लाख चुनाव खर्च (घुस) दिएका कारण बराललाई हटाएर न्यौपानेलाई शाखा प्रमुख बनाएको एक कर्मचारीले बताएका छन ।
शाखा प्रमुख भएका न्यौपाने आफ्नो लगानी असुल गर्न निकै दौडधुपमा हुनुहुन्छ । उहाँले आफ्नो पत्नी विमला संजाललाई समेत सेटिङ्गमा फुकाेट स्वास्थ्य चाैकीबाट नगर स्वास्थ्य शाखामा ल्याउनु भएको छ । स्वास्थ्य शाखामा धेरै अनियमिता गरेको भन्ने सुचनाहरू पनि बाहिर आएका छन ।
उहाँ कार्यालयमा गएपनि नगए पनि स्थानीय सरकारले भने उहाँमाथि कुनै निगरानी गरेको पाईएको छैन । नगरप्रमुख माओवादी केन्द्रको भएकाले त्यसो भएको स्थानीयहरुको गुनासो छ ।
स्वास्थ्य शाखाका प्रमुख न्यौपानेका गतिविधिवारे कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईलाई जानकारी गराउदा यसवारे आफूले बुझेर कर्मचारीको गल्ती भेटिए कार्वाही गरिने ज्वाला खवरलाई बताउनु भएको छ ।