नेकपा जुम्लाद्वारा सुर्दल शाही प्रति शाेक ब्यक्त

चैत्र ५, जुम्ला  । नेपाल कम्युनिष्ट पार्टी जुम्लाद्वारा जिल्ला कमिटी सदस्य अकल शाहीका बुवा सुर्दल शाहीकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

नेकपा केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिराटले शाेक बक्तब्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हाे ।

शाेक बक्तब्यमा भनिएको छ हिमा गाउँ पालिका वडा न.७ धाँचु गाँउ निवासी नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्ला कमिटी सदस्य कमरेड अकल शाहीका आदरणीय बुवा सुर्दल शाहीको ७९ बर्षको उमेरमा आज मिति २०७८ साल चैत ०५ गते दिउँसो १२:३० बजे असमायिक निधन भएकोले हाम्रो पार्टी गहिरो शोक व्यक्त गर्दछ ।

शाेक बक्तब्यकाे अन्तमा भनिएको छ आदरणीय बुवाले पार्टी,क्रान्ति र परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोक स्तब्ध परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

शाेक ब्यक्तब्य

प्रतिक्रिया दिनुहोस