प्रचण्ड बावुरामहरु जनयुद्धका गद्दार हुन ः नारायण शर्मा

५ चैत्र,काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायण शर्मा (कमलप्रसाद)ले प्रचण्ड बावुरामहरु जनयुद्धका गद्दार भएको वताउनु भएको छ ।

उहाँले प्रचण्ड वावुराम जस्ता गद्दारहरु वाँचेर देशलाई धोका भएको टिप्पणी गर्नु भयो । नेता शर्माले यिनीहरुलाई क्रान्तिकारीहरुले समयमा हान्न नसक्नु कमजोरी भएको खुलासा गर्नु भयो ।

शनिवार राजधानीमा अखिल नेपाल जनसाँस्कृति महासंघले आयोजना गरेको २४ औ साँस्कृतिक प्रतिरोध दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै नेता शर्माले साँस्कृतिक धरोहरका कलिला युवाहरु वाँचेर प्रचण्ड वावुराम जस्ता गद्दारहरु मर्नु पर्ने थियो भन्नु भयो ।
उहाँले प्रचण्डहरुले सहिदहरुको सपना माथि धात गरेको आरोप लगाउदै धात गर्नेका विरुद्ध प्रतिरोध गर्नु नै प्रतिरोध दिवसको महत्व हुने वताउनु भयो ।

पछिल्लो समय आफ्नो पार्टीले एमसीसी पास गरे यता असन्तुष्ट हुनु भएका नेता शर्माले प्रचण्डको चरित्रलाई समयमा चिन्न नसक्नु माओवादी आन्दोलनको भूल भएको स्वीकार गर्नु भयो ।

उहाँले आफू पनि पार्टीको केन्द्रीय समितिमा भएको हैशियतले केही कमजोरी आफ्नो पनि भएको र जिम्मा लिन तयार भएको वताउनु भयो । उहाँले भन्नु भयो “प्रचण्डलाई वैद्य देखि सवै नेताले देवत्वकरण गर्यौ, उनको नियत वुझन सकेनौं, जसले गर्दा राज्यसत्ताको सुख सुविधामा पुगेपछि जनयुद्धको सपना विर्सिए, जनता नेता कार्यकर्तालाई धोका दिए ।”

नेता शर्माले प्रचण्डले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदवाट अनुमोदन गरेकोमा आपत्ति जनाउनु भयो । नेपालमा क्रान्तिकारी विचारको रक्षा गरेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको वैठकले क्रान्तिकारी योजना सहितको नीति निमार्ण गर्न पनि सुझाव दिनु भयो ।


कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपालमा सहिदको मुल्य निर्धारण हुन नसकेको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नु भयो “ट्याक्टरले हानेर मरेको मान्छे पनि सहिद छन । परिवर्तनको आन्दोलनमा गोली लागेर साहदत्त प्राप्त गरेका व्यक्ति पनि सहिद छन । १० लाख रुपैया परिवारले पाउछन ।”

उहाँले के यो एउटै हुन सक्छ ? किन उनीहरुको मुल्य भएन ? किन उनीहरुको परिवारलाई सान्त्वना दिन सकिएन ? भनि प्रश्न गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले २०५५ सालको चैत्र ५ गते काभ्रेको अनेकोटमा ७ जना जनकलाकारहरुलाई घरमा आगो जलाई गोली हानि हत्या गरिएको घटनाको स्मरण स्वरुप हरेक वर्ष साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको वताउनु भयो ।

उहाँले जनसाँस्कृति महासंघका तीन जना केन्द्रीय सदस्यहरु च्याङवा लामा ,हर्ष वहादुर शाही र कृष्णसेन इच्छुक सहित १७० जना साँस्कृतिककर्मीहरुले रगत वगाएको स्मरण गर्नु भयो ।

कार्यक्रममा प्राध्यापक डाक्टर राम प्रसाद ज्ञवालाीले क्रान्ति आवश्यक भएको र प्रचण्ड जस्तो गद्दारी नहुने ग्यारेण्टी गर्न सुझाव दिनु भयो । कार्यक्रममा सामाना साँस्कृति परिवार देखि विभिन्न कवि तथा साहित्यकारहरुले आ– आफ्नो सृजना समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस