रास्कोटमा ‘दलाल सत्ता र समाजवाद बुझाउन’ नेकपाको ‘जनभेटघाट अभियान’

५ जेठ, कालिकोट । रास्कोट नगरपालिकामा ‘दलाल सत्ता र समाजवाद’ बुझाउन नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जनभेटघाट अभियान संचालन गरेको छ ।

आईतवारबाट सुरु गरिएको जनभेटघाट अभियान मार्फत नेकपाले रास्कोटी जनतालाई भ्रष्ट र दलाल व्यवस्था विरुद्ध जनतालाई जगाउदै समाजवादी चेतना दिन थालेको हो ।

जनभेटघाट अभियान नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भृकुटी सी र नेकपाका केन्द्रीय सदस्य विवेक सीको नेतृत्वमा सुरु गरिएको छ ।

जनभेटघाट अभियान आईतवार रास्कोट नगरपालिकाको वडा नम्वर ८ वाँखरकोटबाट सुरु भएको छ ।

वाँखरकोटका स्थानीय जनतासंग अभियान टिमको नेतृत्व महिला नेतृ भृकुटीले भ्रष्ट र दलाल राज्य व्यवस्थाका कारण जनताले दुख पाएको भन्दै समाजवादी व्यवस्थामा जानुको विकल्प नभएको बताउनु भयो ।

उहाँले दलाल व्यवस्था भनेको अर्काको दलाली गर्ने, भ्रष्टाचार र कमिशन खाने, जनतालाई लुट्ने व्यवस्था भएको दाबी गर्दै रास्कोटको नगरसरकारले पनि यसको सिको गरेको टिप्पणी गर्नु भयो ।

उहाँले दलाल व्यवस्थाका कारण रास्कोटमा समेत चरम भ्रष्टाचार र अनिमियता भएको समाचारहरु वारम्वार आईरहको भन्दै भ्रष्टाचारीहरु विरुद्ध एकताबद्ध हुन अपिल गर्नु भयो ।

नेतृ भृकुटीले केपी, शेरबहादुर र प्रचण्डले देशलाई बिगारेको भन्दै जनतामा आक्रोेस, घृणा र वितृष्णा जागेको टिप्पणी गर्नु भयो ।

नेतृ भृकुटीले जनयुद्ध र जनआन्दोलनको बलमा २०६५ जेष्ठ १५ गते फालिएको राजतन्त्र सलबलाउनु अहिलेका यीनै नेताको व्यवहार र दलाल व्यवस्थाको दोष भएको जिकिर गर्नु भयो ।

जनभेटघाट अभियानमा स्थानीयवासीहरुले माओवादी केन्द्र पनि अरु पार्टी जस्तै भएको भन्दै नयाँ विकल्पको रुपमा सच्चा माओवादी नेकपा जनतामा आउनुपर्ने सुझाव दिएका थिए ।

जनभेटघाट अभियान आईतवार दिउँसो वडानम्वर ८को बड्ढुङ्गा, पलातीबाडा हुदै साँझ वडा नम्वर ७ को गैरागाउँ पुगेको छ । सोमवार पनि अभियान टिमले विभिन्न वडाहरुमा जनभेटघाट गर्ने जनाएको छ । जनभेटघाट अभियान जेठ ६ गते सम्म चल्ने छ ।

नेकपा जिल्ला इन्चार्ज विवेक सीले जेठ ७ गते शान्नित्रीवेणी गाउँपालिकामा महिला र श्रमिक समुदायको गाँउ भेला हुने र ९ गते नरहथरी गाउँपालिसकामा महिला र श्रमिक समुदायको जिल्ला भेला हुने भन्दै अभियान टिम पनि त्यहाँ जोडिने जानकारी दिनु भयो । अभियानले जनतामा सकरात्मक प्रभाव दिएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस