५ जेठ,काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ ।
बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिनु भयो ।
उहाका अनुसार भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको छ । पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिनु भयो ।
उहाले अहिले विवरण संकलन गरिरहेको र ‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइ नसकेको जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस