कालीकोटमा वढदै कोरोना संक्रमित

५ जेठ, कालीकोट । जिल्लाभर व्यापक रुपमा कोरोना संक्रमणका बिरामी भेटिन थालेका छन ।

ज्वरो तथा खोकी लक्षण देखिएका बिरामी बढेको खबर आएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका– २ बान्जडामा कोरोना संक्रमित भेटिएका छन ।

गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँमा बिरामी बढेको जानकारी पछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम स्वास्थ्यकर्मी लिएर पुग्नु भएको छ ।

परीक्षणका क्रममा आफ्नो श्रीमतीसहित ९ जनामा संक्रमण देखिएको गाउँपालिकामा कार्यरत कर्मचारी विष्णु प्याकुरेलले जानकारी दिनु भयो ।

पलाताका अन्य वस्तीमा पनि ज्वरोका बिरामी वढेका छन् । गाउँपालिकामा भएका जनशक्ति परिचालन गरेर परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी थालिएको पलाताका स्वास्थ्य शाखाका सहसंयोजक विनोद न्यौपानेले बताउनु भयो ।

जिल्लाकै रास्कोट नगरपालिकाको वडा नम्बर १ र २ मा पनि ज्वरोका बिरामी भेटिएका छन् । सिपखाना स्वास्थ्य चौकी इन्चार्ज नमराज शाहीका अनुसार परीक्षणका लागि किटको अभाव छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले गाउँगाँउँमा ज्वराका बिरामी भएको खबर आइरहेको बताउनु भयो ।

उहाका अनुसार सुरुमा सबै पालिकालाई ५०÷५० वटा एन्टिजेन किट दिइएको थियो ।

त्यसक्रममा संक्रमित भेटिएपछि अहिले स्थानीय तह आफैंले पनि किट किनेर परीक्षण गर्न थालेका छन् । लक्षण देखिएकाहरुलाई मात्र टेष्ट गर्ने गरिएको प्रजिअ आचार्यले जानकारी दिनु भयो ।
प्रेमराज सिम्खडाको सहयोगमा

प्रतिक्रिया दिनुहोस