प्यालेस्टिनी जनतामाथि इजरायलको बर्बर दमन तुरुन्त बन्द गरियोस्ः नेकपा

५ जेठ,काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इजरायल र प्यालेस्टिनबीच जारी युद्ध तत्काल बन्द गर्न त्यहाँको सरकारसमक्ष अपिल गरेको छ ।पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा विज्ञप्ति जारी गर्दै नेकपाले उक्त अपिल गरेको हो ।
‘एक सातादेखि इजरायली साम्राज्यवाद र सरकारले प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमला र व्यापक जनधनको क्षतिले कुनै पनि सभ्य मानिसलाई क्षुब्ध र आक्रोशित नबनाइरहन सक्दैन । प्यालेस्टिनी जनतामाथि भएको इजरायली बर्बर आक्रमणको हाम्रो पार्टी कडा रूपमा विरोध गर्दछ जारी विज्ञप्तीमा भनिएको छ ।

पार्टीका विदेश विभाग इन्चार्ज कञ्चनद्वारा मंगलबार जारी विज्ञप्तिमा यसप्रकारको आक्रमण तुरुन्त बन्द गर्न इजरायली सरकारसँग अपिल गरिएको छ ।

विज्ञप्तीमा ‘प्यालेस्टिनी जनतामाथि चरमपन्थी इजरायली साम्राज्यवादीहरूको बर्बर आतङ्क विश्व–समुदायमा नजाओस् भनेर एसोसिएटेड प्रेस र अल जजिराजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्याल भवनहरूसमेत बमबारी गरी ध्वस्त बनाउनु इजरायली फाँसीवादको पराकाष्टा हो । उनीहरूको यो चरम फाँसीवादको हाम्रो पार्टी घोर निन्दा र विरोध गर्दछ उल्लेख छ ।

धार्मिक अन्धविश्वास र त्यसको जगमा पैदा भएको अतिवादी उन्वादले दुवै देशका जनतालाई भलाइ नगर्ने पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको धारणा छ

 

प्रतिक्रिया दिनुहोस