कर्णाली नदिमा खसेको जिप अझैँ बेपत्ता

तालिमप्राप्त उद्धार टोली हुम्ला पुग्ने

असार ३, हुम्ला । मंगलबार  दिउँसो कर्णाली नदिमा खसेको जिप अझै बेपत्ता छ ।

 

हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा मंगलबार  मध्यान्ह १२ बजे खसेको लु १ ज ७१६६ नम्बरको जीपको खोजि कार्य जारी भएपनि फेला नपरेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो १ बजे देखि खोजि कार्य जारी राखिएको भएपनि जिप र सवार यात्रुको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।

घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको उद्धार टोलीले बेपत्ता गाडीको बारेमा कुनै जानकारी पत्ता नलागान नसकेपछि थप खोजविन र उद्धारका लागि गृहमन्त्रालयको पहलमा बुधबार बिहान गोताखोर सहित तालिमप्राप्त उद्धार टोली हुम्ला पुग्ने सहायक प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेले जानकारी दिनुभयो ।

भर्खरका गाडी सिकारुले जीप चलाएका कारण यांचुमा जीप दुर्घटना भएको प्रारम्भीक तत्थ्य फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस