जाजरकोटका पौरखलाई विप्लवले गरे अभिनन्दन

५ असार,विरेन्द्रनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जाजरकोट जिल्लाका पार्टी जिल्ला सदस्य बल वहादुर मल्ल (पौरख)लाई अभिनन्दन गर्नु भएको छ ।

पार्टी प्रशिक्षणका लागि सुर्खेत पुग्नु भएका महासचिव (विप्लव)ले शनिवार वीरेन्द्रगरमा खादा ओढाउदै अभिनन्नद गर्नु भएको हो । महासचिव विप्लवले लामो समय सम्म देश र जनताको मुक्तिकै लागि जेलजीवन विताएर आएकोमा स्वागत गर्दै अभिनन्दन गर्नु भयो ।

जनताको पक्षमा संघर्ष गर्दा क्रान्तिकारीका लागि जेल,नेल,यातना र मृत्यु सामान्य हुने र ती सवै जतिवेला पनि पहिरिन क्रान्तिकारीहरु तयार हुनु पर्ने महासचिव विप्लवले सो अवसरमा वताउनु भयो । महासचिव विप्लवले फेरी पनि जनताको मुक्तिको लडाई नसकिएको भन्दै एकीकृत जनक्रान्तिको आन्दोलनमा प्रतिवद्ध भएर लाग्न सुझाव दिनु भयो ।

पौरखलाई प्रतिक्रियावादी सत्ताले झुटो आरोपमा झण्डै ४ वर्ष ४ महिना जेल राखेको थियो । प्रतिक्रियावादी सत्ताले उहाँ लगायत ७ जना कार्यकर्ताको नाममा जाजरकोटको भेरी नपा २ घर भएका नेविसंघका पूर्व केन्द्रीय  सदस्य रविजंग शाहलाई मारिएको विषयमा ज्यान केसको मुद्धा लगाइएको हो ।

रविजंग शाहको २०७३ साल चैत्र १५ गते ज्यान गएको थियो । घटना हुने दिनमा आफु काठमाण्डौ भएको भएपनि सोही घटनाका विषयमा नाम जोडिएपछि जेल वस्नु परेको पौरखले वताउनु भयो ।

उहाँलाई २०७४ साल मंसिर ८ गते रोल्पावाट पक्राउ गरि २७ दिन रोल्पा हिरासत राखिएको थियो । त्यसपछि १ वर्ष जति जाजरकोट जिल्ला कारागरमा राखियो भने वाँकी समय नेपालगंज कारागरमा राखिएको थियो । सो मुद्धामा नाम जोडिएका दिर्घ नेपाली अभिसेक भने अझै जिल्ला कारागर जाजरकोमा नै छन । अरु भने छुटिसकेका छन ।

अदालतको सजाय भुक्तान गरेर पौरख २०७९ सालको जेठ १५ गते गणतन्त्र दिवसको दिनमा छुटनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस