कार्वाही हुने डरले सुदर्शनले ‘मौकामा चौका’ हाने ः आदर्श

५ असार,वीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामडी वली (आदर्श)ले आर्थिक अनियमिताका कारण पार्टीमा कार्वाही हुने डरले सुदर्शनले मौकामा चौका हानेको वताउनु भएको छ ।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेरी कर्णालीका ६ जिल्लाका कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य आदर्शले पार्टी टुक्र्याएरै भएपनि कार्वाही वाट वच्न उनले मौकामा चौका हानेको वताउनु भयो ।

नेता आदर्शले सुदर्शनले पार्टी नीति विपरित थुप्रै ठाउँवाट पैसा उठाएर अपचलन गरेको तथ्य वाहिरिए पछि चुनावी वाहाना वनाएर वाहिरिएको टिप्पणी गर्नु भयो । उहाँले ५० लाख अन्नपूर्ण होटेलवाट गुणराज भन्ने मान्छेलाई प्रयोग गरेर ल्याउन भयो भने गोपाल खड्का वाट ९० लाख रुपैया ल्याएर सुदर्शनले अपचलन गरेको वताउनु भयो ।

पार्टीको १२ औं केन्द्रीय समितिको वैठकले समेत आर्थिक अनियमिताको विषयमा छानविन गर्ने निर्र्णय गरेपछि सुदर्शन लगायतका उनका गुटका मानिसहरु मुछिने डरले पार्टीवाट भाग्ने हुने योजना वनाएका हुन नेता आदर्शले भन्नु भयो ।

उहाँले अवसरवादी अराजकतावादीहरुले गर्ने तरिका यस्तै हुने गरेको भन्दै सुदर्शन गुट यान्त्रीकतावादी ,अधिभुतवादी र अराजकतावादी पुष्टि भएको वताउनु भयो ।

वैसाख ३० गते पछि आफ्नो गुटमा कोही पनि लाग्ने खालका मानिसहरु नपाईने भय र डर त्रासका कारण त्यो भन्दा अघि नै चुनावी निहु वनाएर सुदर्शन गुट भागेको वताउनु भयो ।
केन्द्रीय सदस्य आदर्शले चुनावमा जाँदा राजिनामा दिनु पर्छ भनेर भन्ने हरुलाई ०४८ सालको जनयुद्धको तयारीका लागि चुनावमा जाँदा के राजिनामा दिनु परेको थियो? भनि प्रश्न गर्नुृ भयो । उहाँले भन्नु भयो “उनीहरु पनि संगै थिए,किन त्यतिवेला यो कुरा उठाउन सकेनन् ।”
कंचन सुदर्शन कै प्रस्तावमा कपिलवस्तुमा महासचिव निवास र पार्टी कार्यालय वनाईको भन्दै उहाँले अहिले आएर त्यो विषयमा पनि वदनाम गरिरहनु भएको छ ।

उहाँले उनीहरुको राजनैतिक नैतिकता नै सकिएको छ भन्नु भयो । उहाँले प्रचण्डले सडकमा पछारेका फोहोरीहरुलाई क्रान्तिकारी पार्टीमा रुपान्तरणको अवसर दिएको वेला उल्टै रुपान्तरण हुनुको सट्टा पार्टीको वदनाम गर्ने र फुटपैदा गर्ने काम गरेको आरोप लगाउनु भयो ।

चुनाव प्रयोगलाई संसदवादी देख्ने गलत आचरण र प्रवृति भएकाहरु स्वयम आफै संसदवादी र अराजकतावादी हुन भन्दै उहाँले पार्टी कुनै पनि वाहानामा एकीकृत जनक्रान्तिको वाटो वाट विचलित नभएको स्पष्ट पार्नुृ भयो ।

 

प्रतिक्रिया दिनुहोस