नेकपाका महासचिव विप्लव सुर्खेतवाट जुम्ला प्रस्थान

५ असार,वीरेन्द्रनगर । पार्टी प्रशिक्षणको लागि देशदौडामा रहनु भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आईतवार विहान सुर्खेतवाट जुम्लाका लागि प्रस्थान गर्नु भएको छ । उहाँ आईतवार विहान ६ वजे सुर्खेतवाट प्रस्थान गर्नु भएको हो ।

भोली (असार ६ गत)े जुम्लाको खलंगामा कर्णालीका कालिकोट,जुम्ला,मुगु र हुम्ला गरी ४ जिल्लाका अगुवा कार्यकर्ताहरुको पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

सोही कार्यक्रमलाइ सम्वोधन गर्न महासचिव विप्लव जुम्लाका लागि प्रस्थान गर्नु भएको नेकपाले जनाएको छ । लामो समय पछि महासचिव विप्लव जुम्ला जाने हुनु भएकाले जुम्लावासी जनताले समेत चासोका साथ हेरेका छन ।

जुम्लाका जिल्ला कमिटि सदस्य रमेश रावतले महासचिवको जुम्ला आगमन हुने कुराले पार्टी कार्यकर्ता,जनता र समर्थकहरु हर्षित भएको जानकारी दिनु भयो । महासचिव विप्लव झण्डै २४ वर्ष पछि जुम्ला पुग्न लाग्नु भएको हो । शान्ति प्रक्रिया पछि महासचिव विप्लव कालिकोटको मान्म सम्म पुगेपनि जुम्ला भने पुग्नु भएको थिएनन ।

रावतले महासचिवको पार्टीको आन्तरिक कार्यक्रममा प्रशिक्षण मात्र नभएर खुल्ला रुपमा समेत जनतासंग भेटघाट मिलाउने कार्यक्रम रहेको जानकारी दिनु भयो ।
महासचिव विप्लव जुम्ला पुग्नु अघि आईतवार दिउसो कालिकोटको सदरमुकाम मान्म पुग्नु हुनेछ । उहाँले मान्ममा पनि केही भेटघाट गर्नु हुने नेकपा कालिकोटका सेक्रेटरी रणदिपले जानकारी दिनु भयो ।

यसअघि शनिवार मात्रै भेरी कर्णालीका ६ जिल्लाको प्रशिक्षण सुर्खेतमा सम्पन्न भएको थियो । जुम्ला पछि महासचिव विप्लव सुदूरपश्चिमको पार्टी प्रशिक्षणमा सहभागी हुन पश्चिम जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस