असार ५, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ निवासी रामपुरा बुढा ‘बोहरा’ को निधन प्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी महासचिव विप्लवले आईतवार एक शोक वक्क्तव्य जारी गर्दै रामपुराको निधन प्रति दुख व्यक्त गर्नु भएको हो ।
शनिवार स्वास्थ्य उपचारको लागि सदरमुकाम मान्म स्थित जिल्ला अस्पतालमा लैजादै गर्दा जिल्लाको कालेखोलामा उहाँको निधन भएको थियो ।
महासचिव विप्लवले शोक वक्तव्य मार्फत रामपुराप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुृ भएको छ । उहाँले शोकाकुल परिवारजनप्रति धैर्यधारणको कामना गर्दै समवेदना समेत प्रकट गर्नु भएको छ ।
वक्क्तव्यमा भनिएको छ, ‘तत्कालीन सरकारले लगाएको प्रतिबन्धको क्रममा २०७७ पौष १९ गते रामपुराका श्रीमान दुर्ग बहादुर बोहरा ‘दोभान’ पक्राउ परी हाल जेलमा रहनु भएको छ भने कमरेड रामपुरा महान जनयुद्धको योद्धा हुनुहुन्छ ।’
महासचिवले राज्यले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्वीकार गरेको भएपनि कर्णाली लगायत देशका दुर्गम जिल्लामा आधारभूत स्वास्थ्य सेवामा समेत नागरिकको पहुँच नहुँदा अकालमै ज्यान गुमाउनु परेकोले भन्दै यसप्रति संवेदनशील हुन सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको छ ।
यसैविच नेकपा जिल्ला संगठन समिति कालिकोटले पनि रामपुराको निधन प्रति सोक वक्तव्य निकालेर दुख व्यक्त गरेको छ । जिल्ला इन्चार्ज कर्ण भण्डारी विराट र सेक्रेटरी रणदिपले आईतवार सोक वक्तव्य जारी गरी दुख व्यक्त गर्नु भएको हो ।
वक्तव्य पूर्णपाठ