समाजवाद समस्याको समाधान होः सुशिल सी

बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य कर्णजित बुढा(सुशिल) सीले समावाद भनेको समस्या समाधानको व्यवस्था भएको ठोकुवा गर्नु भएको छ ।

बाँकेको कोहलपुरमा सल्यान –बाँके समाजवादी सम्पर्क मञ्चको प्रथम भेलालाई आईतवार सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले समाजवाद भनेको समस्या समाधानको व्यवस्था भएको ठोकुवा गर्नु भएको हो ।

उहाँले भन्नु भयो ‘समाजवाद उत्कृष्ट व्यवस्था हो, दलाल संसदीय व्ववस्थाको अग्रगामी विकल्प हो, हामीले नेपाली विशेषताको समाजवाद भनेका छौ, यसको ठोश खाका अझै ल्याउन आवश्यक छ ।’
उहाँले कांग्रेस एमालेको गठबन्धन दलाल संसदीय व्यवस्थाको अन्तीम संकटको गठबन्धन भएको टिप्पणी गर्नु भयो । उहाँले कुनै पनि वाहनामा असफल संसदीय व्यवस्था टिक्न नसक्ने जिकिर गर्दै समाजवादका लागि सबै एकताबद्ध हुनुको विकल्प नभएको बताउनु भयो ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य आधार सी,बन्धु सी, रक्तिम सी, केन्द्रीय सदस्यहरु विराट सी, रणदिप सी,लगायतका नेताहरुले बोल्दै समाजवाद अहिलेको अपरिहार्य व्यवस्था भएको बताएका थिए । भेलाले महेन्द्र चन्दको नेतृत्वमा ११ सदस्सीय सल्यान –बाँके समाजवादी सम्पर्क मञ्च गठन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस