संविधान दिवसको अवसरमा कालिकोटमा १२ जना जेल मुक्त


असाेज ३, कालिकोट । संविधान दिवसकाे अवसरमा कालिकोट कारागारमा रहेका १२ जना कैदीले कैद मिनाहा तथा आम माफी पाएका छन।

संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय काटि रहेका १२ जना कैदिहरुलाई राष्ट्रपति बिध्या देवि भण्डारीले कैद मिनाहा तथा आम माफी दिनुभएको हाे ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीहरुकाे बाँकि कैद सजाय मिनाहा गरि रिहा गर्ने कानुनी ब्यवस्थाअनुसार आईतवार संविधान दिवसकाे अवसरमा कालिकोट कारागारबाट १२ जना कैदीले आम माफी पाएकाे जेलर नरबहादुर सार्कीले बताउनुभयो ।

कैद मिनाहा पाउनेहरूमा मान सार्की, बल सार्की, शंकर सार्की, जय सार्की, कल सार्की, डबल शाही, चक्र सिंह, पुल्ती मल्ल सिंह, इन्द्रबहादुर राना क्षेत्री, डिल्ली प्रसाद काेईराला, जमना भनिने लक्ष्मी शाही र डेकेन्द्र भनिने बसन्त शाही सहित १० पुरूष र २ महिला रहेका छन भने एक ४ बर्षिय नाबालक पनि बाआमा सँगै बस्दै आएका संगित सिंह रहेका छन ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस