कालिकोटका जनयुद्धका दुई कमाण्डर योद्धा र वहुवीर विभूषित

असोज ३, कालिकोट । कालिकोट जिल्लाबाट जनमुक्ति सेना नेपालका दुई जना उच्च कमाण्डर प्रबल जनसेवाश्री पदक प्रदान बाट विभूषित भएका छन ।

जनयुद्धका क्रममा सयौ युद्ध मोर्चामा लडाई लडि विजय प्राप्त गर्ने दुई जना विगे्रड सह –कमाण्डर कमल बहादुर बिष्ट (वहुवीर) र अमरबहादुर बि.क (योद्धा) लाई सरकारले संविधान दिवसका अवसरमा आईतवार प्रबल जनसेवाश्री पदक प्रदान गरि विभूषण गरेको हो ।

संबिधान दिवसको अवसरमा सरकारले कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, भेरी अस्पताल वाँकेमा कार्यरत स्टाप नर्स कालीकोटकी सुनिता सहकारी, स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकवहादुर महतलाई पनि विभुषित गरेको छ । सरकारले गणतन्त्र ल्याउने आन्दोलनमा जनयुद्धका क्रममा जनमुक्ति सेनामा भर्ना भएर वहुवीर र योद्धाले ठुलो योगदान गरेको भन्दै उहाँहरुलाई विभूषित गरेको जनाएको छ ।

कमाण्डर दोय योद्धा र वहुवीरको जनयुद्धका क्रममा म्याग्दीको वेनी सदरमुकाम कव्जाका वेला वि.स. २०६० साल चैत्र ७ गते उच्च साहादत्त भइसकेको छ ।

१ आखिर को हुन ? अमर वहादुर विक (योद्धा) !

अमर वहादुर विक (योद्धा) को जन्म २०३३ साल फागुन १४ गते कालिकोटको तत्कालिन माल्कोट गाविस वडा नम्वर ४ सल्लारुखमा वुवा पहले विक र आमा भ्यार्की विकको कोखमा साईलो सन्तानको रुपमा जन्म भएको थियो ।

उहाँको प्रावि तह सम्मको मात्र औपचारिक शिक्षा भएपनि तृष्णा वुद्धि र कला क्षमता भएको धनी व्यक्ति हुनुहुन्थ्यो । उहाँको जेठो दाजु खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) हुनुहुन्छ । उहाँ अहिले पनि विप्लव नेतृत्वको नेकपाको प्रवक्ता हुनुहुन्छ । उहाँको अर्का भाई सिंह वहादुर विश्वकर्मा (कोपिला) को २०५७ साल जेठ २ गते साहादत्त भइसकेको छ ।

वहिनी गोरिकला विक पनि माओवादी आन्दोलनकै महिला नेतृ हुनुहन्थ्यो । तर दर्घटनामा निधन भयो । कान्छी वहिनी,भाई वुहारी सवै पार्टी र क्रान्तिमा समर्पित छन । यहि परिवार वाट योद्धाको प्रतिक्रियावादी सत्ता परिवर्तनको विद्रोही भावना आउनु अन्यथा होइन । त्यही भएर सानै उमेर विद्यार्थी कालदेखि पार्टीमा लाग्नु भयो । उहाँ जनमुक्ति सेनाको विग्रेड सहकमाण्डर सम्म पुग्नु भयो । सोही क्रममा म्याग्दीको वेनी कव्जाको मोर्चामा लड्दा लड्दै वि.स. २०६० साल चैत्र ७ गते उहाँले उच्च साहादत्त प्राप्त गर्नु भयो ।

प्रतिक्रिायवादी निरंकुस राजतन्त्र ढाल्नको लागि जनयुद्धका थुपै मोर्चाहरुमा लड्दै र विजय प्राप्त गर्दै आउने क्रममा वेनीमा साहादत्त भयो । आज ढिलै भएपनि यो सरकारले उहाँलाई विभूषित गरेको छ । यो गौरवको विषय हो । विकट कालिकोट जिल्लावाट उहाँले यो परिवर्तनका लागि गरेका केही राजनैतिक तथा फौजी योगदानहरु वुदागत रुपमा यहाँ उल्लेख गरिएका छन ।

अमर वहादुर विक (योद्धा) को राजनीतिक यात्राको योगदानहरु कस्तो थियो ?

वि.स. २०४७ सालमा जनमोर्चामा आवद्ध
वि.स. २०४९ सालमा नेकपा मशालको विद्यार्थी संगठनको कोटवाडा इकाई कमिटि सदस्य
वि.स. २०४९ सालमा कांग्रसी शिक्षक रमेस कुमार झा को व्यभिचार र अनियमिति कार्वाहीमा सहभागी केही दिन हिरासत वसाई ।
वि.स. २०५१ साल वाइसिएल जिल्ला सदस्य
वि.स. २०५२ सालमा नेकपा माओवादीको एरिया कमिटि सदस्य
वि.स. २०५३ सालमा जाजरकोट गएर जनयुद्धका लागि फौजी तयारीकोको काममा
वि.स. २०५४ सालमा जिल्ला फर्केको
वि.स.२०५५ असारमा किलो सेराटु अप्रेसन सुरु (पूर्णकालिन)
वि.स. २०५५ मै २ नम्वर छापामार दल सहकमाण्डर
वि.स.२०५६ मा स्क्वाड कमाण्डर
वि.स.२०५६ मा ४ नम्वर प्लाटुनको सेक्सन कमाण्डर
वि.स.२०५७ चैत्रमा १२ नम्वर प्लाटुन कमाण्डर जुम्ला कार्यक्षेत्र
वि.स. २०५८ मा जनमुक्ति सेनको प्रथम राष्ट्रिय भेला वाट १ नम्वर प्लाटुन कमाण्डर
वि.स. २०५८ कार्तिकमा सह कम्पनी कमाण्डर
वि.स.२०५९ जेठमा कम्पनी कमाण्डर
वि.स.२०५९ पुसमा वदालियन भिसी
वि.स. २०६० असार वटालियन कमाण्डर
वि.स.२०६० असोजमा सतवरिया दोस्रो विग्रेड भीसी,सैन्य व्यूरो सदस्य भेक जनसरकार प्रतिनिधि
वि.स. २०६० मा नै लिला महरा संग वैवाहिक सम्वन्ध

अमर वहादुर विक (योद्धा) को फौजी योगदान तथा सहभागी मोर्चाहरु कहाँ –कहाँ थिए ?

उहाँ कुशल र सक्षम कमाण्डरको हैशियतले थुप्रै रेड, एम्वुस, भिडन्त, कार्वाही मार्चाहरुमा सहभागीहुनु भयो ।

जस्तैः कालिकोटको शान्तिघाट, पादमघाट र कोटवाडा प्रहरी चौकी रेड
अछाम विनाय र साँफेवर प्रहरी चौकी कव्जा
डोल्पा दुनै सदरमुकाम रेड
जाजरकोट पाँचकटिया रेड
दैलेख नौमुले रेड
दाङको घोराही कव्जा
रोल्पा लिस्नेगाम भिडन्त
रुकुम खारा
वाजुरा पाण्डुसैन प्रहरी चौकी कव्जा
वाँके कुशुम कार्वाही
जुम्लाको राराली प्रहरी चौकी कव्जा
सल्लान कपुरकोट, दमाचौर मोर्चावद्ध लडाई
अर्घाखाँची सन्दीखर्च
जुम्ला खलंगा सदरमुकाम रेड लगायतका थुप्रै एसाल्ट लडाईहरु लड्नु भयो ।
अन्तमा, २०६० साल चैत्र ७ गते म्याग्दीको वेनी कव्जामा उहाँको उच्च साहादत्त भयो ।

२ आखिर को हुन ? कमल वहादुर विष्ट (वहुवीर) !

जनमुक्ति सेनाको विग्रेड भिसी कमल वहादुर विष्ट (वहुवीर) कालिकोट जिल्लाको तत्कालिन लालु गाविस वडा नम्वर ९ माधुपाटामा वुवा प्रतापसिंह विष्ट र आमा वाँकीदेवी विष्टको कोखवाट विस २०३४साल कार्तिक १४ गते भएको थियो ।

उहाँ सानै उमेर देखि खेलकुद क्षेत्रमा रुची राख्नु हुन्थ्यो । समाजमा भएको अन्याय अत्याचार विरुद्ध आवाज उठाउदै परिवर्तनको पक्षमा उभिनु हुन्थ्यो । उहाँले एसएलसी सम्मको उत्र्तीण गर्नु भएको थियो । राजनैतिक क्षेत्रमा निकै चासो राख्ने कमल वहादुर विष्ट (वहुवीर) २०४७ सालमा नेमकिपामा आस्थावान हुदै नेकपा माओवादीमा प्रवेस गर्दै जनमुक्ति सेनाको उच्च कमाण्डर वन्न सफल हुनु भयो ।

अन्तमा वेनी मोर्चामा उहाँको २०६० साल चैत्र ७ गते उच्च साहादत्त भयो । उहाँले गणतन्त्र ल्याउने आन्दोलनमा आफ्नो ज्यानको वलिदान गर्नु भयो । उहाँको सपना पुरा नभए पनि पुरा गर्नेहरु लागिरहेका छन । आज ढिलै भएपनि यो गणतन्त्र नामक सरकारले उहाँको योगदानलाई कदर गर्दै विभूषित गर्नु स्वभाविक छ । अझै ढिलो गरि विभूषित भएपनि कालिकोटको भूमिवाट यो परिवर्तनको आन्दोलनमा गरेको त्यागलाई सरकारले कदर गरेको सम्झिनु पर्छ । उहाँको राजनीतिक यात्राको योगदान र केही फौजी योगदानहरु यहाँ उल्लेख गरेका छौ ।

कमल वहादुर विष्ट (वहुवीर को राजनीतिक यात्रा तथा योगदानहरु कस्तो थियो ?

वि.स. २०४७ सालमा नेककिपामा आस्थावान
वि.स.२०५३ सालमा अखिल क्रान्तिकारीको इकाई कमिटिमा संगठित
वि.स. २०५५ साल असारमा नेकपा माओवादीमा पूर्णकालिन
वि.स. २०५५ सालमा पार्टी सदस्य प्राप्त
वि.सं २०५६ सालमा स्क्वाड सह कमाण्डर
वि.स.२०५६ असोजमा भूकम्प छापामार दल कमाण्डर,कर्णाली उपक्षेत्रीय व्यूरो अन्तगर प्लाटुन सदस्य
वि.स.२०५६ सालमा ४ नम्वर प्लाटुन सेक्सन भिसी
वि.स. २०५७ सालमा ५ नम्वर प्लाटुन भीसी
वि.स. २०५८ सालमा ८ नम्वर प्लाटुन कमाण्डर
वि.स.२०५८ फागुनमा कम्पनी भिसी
वि.स. २०५९ सालमा कम्पनी कमाण्डर
वि.स. २०५९ पुसमा वटालियन भिसी तथा व्यूरो सदस्य
वि.स. २०६० असोज मा विग्रेड भिसी

कमल वहादुर विष्ट (वहुवीर) को फौजी योगदान तथा सहभागी मोर्चाहरु कहाँ –कहाँ थिए ?

साना तिना रेड, एम्वुस, भिडन्त, माइनिङ्गहरु
कालिकोटको शान्तिघाट, पादमघाट र कोटवाडा प्रहरी चौकी रेड
डोटी विपिनगर, केरावारी मोर्चा
डडेल्धुरा हगुल्टे मोर्चा
अछाम विनायक र सदरमुकाम मंगलसेन रेड
जुम्ला राराली
दैलेख नौमुले
जाजरकोट पाँचकाँटीया कव्जा
डोल्पा दुनै सदरमुकाम रेड
दाङको घोराही कव्जा
रोल्पा लिस्नेगाम भिडन्त
रुकुम खारा, कैलाली लालीवोझी प्रहरी चौकी कव्जा
वाजुरा पाण्डुसैन प्रहरी चौकी कव्जा
वाँके कुशुम कार्वाही
सल्लान कपुरकोट, दमाचौर मोर्चावद्ध लडाई
अर्घाखाँची सन्दीखर्च
जुम्ला खलंगा सदरमुकाम रेड लगायतका थुप्रै एसाल्ट लडाईहरु लड्नु भयो ।
अन्तमा २०६० चैत्र ७ गतेको म्याग्दी वेनी कव्जामा उच्च साहादत्त भयो ।

प्रतिक्रिया दिनुहोस