असोज ३, काठमाडौं । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान दिवस मनाई रहदा खासै यसको अर्थ नरहने बताउनु भयाे ।
उहाँले अहिलेको संविधानले व्यवस्था गरेको तीन वटा अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै फेलर भएको दावी गर्नु भयो ।
संविधान दिवसको अवसरमा जनपत्रिकाले गरेको संक्षिप्त कुराकानीमा वरिष्ठ अधिवक्ता भण्डारीले यो संविधान पूर्ण तः असफल भएको र विकल्प चाहिएको प्रतिक्रिया दिनु भयाे ।
उहाँले भन्नु भयाे, “सरकारको ५ वर्षिय स्थायित्व भएन, संसद दुईरदुई चोटी भंग भयो, अदालत भ्रष्टाचारीको अखडा भयो, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा भएनन्, सत्य निरूपण आयोग अगाडि बढेन, यो असफलता हो ।”
वरिष्ठ अधिवक्ता भण्डारीले यो संविधान अनुसार जनयुद्ध गर्ने नेता र दबाउनेको घरमा गणतन्त्र आएपनि जनताको घरमा नआएको ठोकुवा गर्नु भयो ।
उहाँले भन्नु भयाे, “संसदीय व्यवस्थाको संरक्षण गर्ने संविधान भयो, यो संविधानले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सक्दैन ।”
अधिवक्ता भण्डारीले सात वर्षसम्म संविधानका असफलताका चाङहरू धेरै बढेको भन्दै नागरिकता सम्बन्धि विधेयकको विवाद, सरकार, संसद, अदालतका विवाद, भ्रष्टाचार, बलात्कार, गुण्डा गर्दीका घटना यि सबै संविधान र संसदीय व्यवस्था असफलताको परिणामहरू भएको बताउनु भयाे ।
उहाँले देश नै असफलता तिर जाने अवस्थामा संसद बाहिर रहने क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूले एकताबद्ध भएर अहिलेको संविधान र व्यवस्थाको विकल्प दिन पर्ने आवश्यकता औल्याउनु भयाे ।
प्रतिक्रिया दिनुहोस