असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार बिभाग इन्चार्ज बसन्त श्रेष्ठले वर्तमान संविधान जनताको संविधान हुन नसकेको बताउनु भयो ।
जनपत्रिका सँगको संविधान दिवसको बारे लिएको प्रतिक्रियामा नेता श्रेष्ठले संसदीय व्यवस्थालाई संरक्षण गर्ने व्यवस्था संविधानले अंगिकार गरेकाले यो असफल भएको प्रतिक्रिया दिनु भयो ।
उहाँले विगतको जनताको भावना, अधिकार र क्रान्तिको संस्थागत गर्ने कुरामा वर्तमान संविधान चुक्केको बताउनु भयो । नेता श्रेष्ठले भने ूजनताका मौलिक अधिकार हात्तीले देखाउने दाँत जस्तै भए, तर कार्यनयन भएनन् ।
उहाँले वर्तमान संविधान भित्रको तीन वटा अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका असफल भएको टिप्पणी गरे । अर्धमृत संविधान बोकेर नेपालमा परिवर्तन संस्थागत नहुने भन्दै नेता श्रेष्ठले भने, अब जनतालाई समाजवादी संविधान र व्यवस्था चाहिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस