डा.भट्टराईको प्रश्न ः यस्तो सरकार किन चाहियो ?


कार्तिक ३ काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नागरिकको समस्या सम्बोधन गर्न असक्षम रहेको आरोप लगाउँदै यस्तो सरकार किन चाहियो भनेर प्रश्न उठाउनु भएको छ ।

कोरोनाको उपचार खर्चसमेत नागरिक आफैंले बेहोर्न भन्ने ओली सरकारको कुनै औचित्य नभएको दाबी गर्दैे जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहनु भएका डा.भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत कटाक्ष प्रश्न गर्नु भएको हो ।

‘कोरोना उपचार खर्च आफैं बेहोर! बेहोस भए मात्रै अस्पताल जाऊ! बेरोजगार श्रमिक रुँदै गाउँ फर्क! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दसैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कुल कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसनरभत्ता डकार ट्विटरमा भट्टराईले प्रश्न गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस