कार्तिक ३ कालिकोट । विप्लव नेतृत्वको नेकपालाई निस्तेज पार्ने सरकारका गृहमन्त्री राम वहादुर थापा वादलले आदेश दिदै गर्दा नेकपा भने कालिकोट जिल्लामा वाढी पहिरो पीडित जनतालाई राहत वितरण र जनश्रमका कार्यमा व्यस्त भएको छ ।
यो वर्ष सवै भन्दा वढी वाढी पहिरो प्रभावित जिल्ला कालिकोटमा आज एक कार्याक्रमका विच नेकपाले वाढी पहिरो पीडित घरपरिवारलाई राहत वितरण गरेको हो ।
जिल्लाको राष्कोट नगरपालिका अन्तरगत सिप्खाना, स्युना र शान्तित्रिवेणी गाउँपालिकाको मुम्राका झण्डै ४ दर्जन बाढी पहिरो पीडित घर परिवारहरुलाई नेकपाले राहत बितरण गरेको जनाएको छ ।
नेकपा भेरी व्युरोले वाँके,सुर्खेत लगायतका जिल्ला वाट संकलन गरेको चामल, अत्यावश्यक खाद्यन वस्तु जिल्ला पार्टीको समन्वय तथा सहकार्यमा वितरण गरिएकोे जिल्ला सेक्रेटरी रणदिपले वताउनु भएको छ ।
नेकपाले बाढी पहिरोमा परि ज्यान गुमाउनेका परिवार र पुर्णरुपमा घर क्षेती भएका परिवार लाई प्रति परिवार एक– एक वोरा मसिनो चामल बितरण गरेको छ ।
राहात बितरण कार्यक्रम लाई संबोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज बिराटले कुहिएको र गनाएको संसदीय दलाल सरकारले हामीलाई निस्तेज पार भन्दै छ तर हामी भने जनताको सेवा गर्दै छौ भन्नु भयो । उहाँले जनयुद्धको अधुरो सपना पुरा गर्न आफ्नो पार्टीले क्रान्तिको झण्डा उठाएको भन्दै कम्युनिष्टको नाममा केपी प्रचण्ड कमाउनिष्ट दलाल र नक्कली कम्युनिष्ट भएको आरोप लगाउनु भयो ।
उहाँले स्थानिय जनप्रतिनिधि र गैरसरकारी संस्थाले बितरण गरेको राहत धेरैजसो आफ्ना नातागोता पार्टी कार्यकर्ता र पावरवाला व्यक्तिलाई दिएको भन्दै वास्तविक पीडित परिवारले नपाएको वताउनु भएको छ ।
नेकपाले जिल्लाको एरिया न ४ पचालझरना गाउँपालिकाकोे वडा न १,२,३ र ८ मा पनि यसअघि शनिवार राहात बितरण गरिसकेको जनाएको छ ।
यस्तै नरहरीनाथ गाउँपालिकाको लालु, माल्कोट, रुप्साका वाढी पहिरोमा परि मृत्यु भएका घर परिवार र बाढी पहिरोले घर वगाएका पीडित ३२ परिवारहरुलाई जिल्ला सेक्रेटरी रणदिपको उपस्थितिमा राहात बितरण गरि सकिएको धनराज बि क ले बताउनु भएको छ ।
नेकपाले फुकोट,शान्नित्रिबेणी गाउँपालिकाका अन्य ठाउँ, पलाता गाउँपालिका, तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका वाढी पहिरो पीडित घरपरिवारलाई भोलि (सोमवार) पनः राहत वितरण गर्ने जनाएको छ । यस्तै नेकपाले वाढी पहिरोले अलि –अलि क्षेति हुन पुगेका ग श्रेणीका बाढी पहिरो पीडित घरपरिवारहरुलाई पनि दोस्रो चरणमा राहत बितरण गर्ने जनाएको छ ।
यसैविच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आफ्ना नेता कार्यकर्तालाई गाउँ –गाउँमा जनताको सेवा गर्न जनश्रममा पनि खटाएको छ ।
गृहमन्त्री थापाको विद्रोही शक्तिलाई निस्तेज पार्ने अभिब्यक्ति आए लगत्तै जनतासंगको सम्बन्ध प्रगाड बनाउन र क्रान्तिको कुरा जनतालाई वुझाउन जनश्रमको काममा खटाइएको नेकपाले जनाएको छ ।
जिल्ला ईन्चार्जको नेतृत्वमा जनश्रममा भाग लिन टिम बनाएर धान काट्ने,लगायतका काममा निरन्तर लागि रहेको जिल्ला सेक्रेटरी रणदिपले बताउनु भयो ।
दलाल संसदिय ब्यबस्था र यसका दलाल प्रतिनिधिहरुसंग कुनै सम्झौता नगरी एकीकृत जनक्रान्ति लाई बिजयमा पुयाई छाड्ने प्रतिवद्धता जनाउदै सेक्रेटरी रणदिपले पार्टी बिचार, र कार्यदिशा लाई जनता संग जोड्न यो अभियान थालनी गरेकोे ज्वाला खवरलाई बताउनु भयो ।