वैज्ञानिक समाजवाद वारे जनता जगाउदै, जनएकता अभियान वाँसगढीमा

४ पुस, वर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले संचालन गरेको जनएकता अभियान वाँसगढी नगरपालिकामा पुगेको छ । शनिवार वाँसगढी नगरपालिकाको वडा नम्वर २ वेतनीमा एक कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको छ ।

अभियानका क्रममा संसदीय व्यवस्था असफल भएकाले जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादमा जानुपर्ने जनचेतना फैलाउने गरिएको छ ।
“वैज्ञानिक समाजवादको लागि जनमत, जनमतसंग्रहको लागि जनएकता अभियान” भन्ने मुल नाराका बासगढी नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरि अभियान सुरु गरिएको हो ।

अभियान टिम प्रमुख शितलले आदिवासी जनजाति थारु समुदाय र सुकुम्बासीहरुको अधिकार वैज्ञानिक समाजवादमा मात्र पुरा हुने वताउनु भएको छ । उहाँले नेकपा बाहेक अरु कुनै पनि पार्टी र संसदीय व्यवस्थाले उनीहरुको समस्या समाधान गर्न नसक्ने ठोकुवा गर्नु भयो ।.शक्तिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सेक्रेटरी कामनाले गर्नु भएको थियो ।

यसैविच अभियानको दोश्रो दिन आईतवार पनि जनचेतनामुलक कार्यक्रम गरिएको छ । जनताका विच वैज्ञानिक समाजवादको वारे वुझाउदै संसदीय चुनाव नभएर जनमतसंग्रहको चुनाव गर्नु पर्ने अभियान टिमले वताएको छ ।

 

प्रतिक्रिया दिनुहोस