अखिल क्रान्तिकारी कालिकोटको १४ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न

४ पुस,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलन आईतवार जिल्लाको राष्कोट नगरपालिकाको आरसिपी बजारमा भव्य रुपमा सम्पन्न भएको छ ।

सम्मेलनको वन्दसत्रले हस्त विकको अध्यक्षतामा २७ सदस्सीय अखिल क्रान्तिकारीको नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनको उद्घाटन सत्र आरसीपी वजारमा बृहत् र्याली निकालेर गरिएको छ ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्मेलनका प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले सम्वोधन गर्दै दलाल संसदीय व्यवस्थाको खरावीले शिक्षा क्षेत्रपनि दलालीकरणमा पुगेको वताउनु भयो । उपाध्यक्ष नरेन्द्रले शिक्षामा भएको दलालीकरण र व्यापारीकरणका विरुद्ध अखिल क्रान्तिकारीको संघर्ष जारी गरेको वताउनु भयो । उहाँले वैज्ञानिक समाजवादी व्यवस्था सहित वैज्ञानिक शिक्षाको लागि आफ्नो संगठन संघर्षरत रहेको वताउनु भयो ।

यस्तै सम्मेलनका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विराटले दलाल सत्ताको अन्त्य विना शिक्षा क्षेत्रमा सुधार नहुने भन्दै सवै विद्यार्थीहरुले दलाल सत्ताको अन्त्यको आन्दोलनमा लाग्न अपिल गर्नु भयो । उहाँले तीन वुँदे सहमति कार्यान्वयना लागि ल्याएको सरकारको अध्यादेश विरुद्ध देशी विदेशी शक्तिहरु लागेर शान्ति भंग गर्न खोजेको आरोप लगाउनु भयो ।

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सी, जिल्ला सेक्रेटरी क शाहासी सी , अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य क शान्ति सी, संगठनका कोषाध्यक्ष प्रीतिमा सी, युवा संगठन नेपाल केन्द्रीय सदस्य एबं जिल्ला अध्यक्ष मिनेश सी लगायतको आतिथ्यता रहेको थियो ।

सम्ेलनको उद्घाटन सत्रमा शान्ति प्रीतिमा, शाहासी, रणदिपले समेत सम्मेलन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सम्मेलन आयोजनक समितिका संयोजक तपेन्द्र ऐडी को अध्यक्षता सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस