६ माघ, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले फागुन २१ गते हुने चुनाब विगतमा हुने संंसदीय चुनाब जस्तो नभएको बताउदै साम्राज्यवादी षड्यन्त्र र हर्कतलाई परास्त गरी देशको रक्षा गर्ने चुनाब भएको बताउनु भएको छ ।
मंगलवार कालिकोटमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई संम्वोधन गर्दै माओवादी प्रवक्ता प्रकाण्डले फागुन २१ गते हुने चुनाब विगतमा हुने संंंसदीय चुनाब जस्तो नभएको बताउदै साम्राज्यवादी षड्यन्त्र र हर्कतलाई परास्त गरी देशको रक्षा गर्ने चुनाब भएको बताउनु भएको हो ।
उहाँले कालिकोटका राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा सबै जिल्लावासी जनतालाई विशेष रुपले सम्वोधन गर्दै एकपटक देशको स्वाधीनताको रक्षाको लागि आफूलाई मतदान गरेर सहयोग गर्न अपिल गर्नु भयो ।
उहाँले सम्वोधनका क्रममा कालिकोटका सबै सहिद परिवार,घाईते अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान सहित स्मरण गर्दै जनयुद्धको क्रममा बदिलान दिने सबै सहिदहरुलाई सम्मान गर्दै श्रद्धाञ्जली समेत व्यक्त गर्नु भयो ।
‘हामी १८ बर्षपछि फेरी जनताको मत लिन चुनावमा आएका छौ, जनयुद्ध र परिवर्तनको आन्दोलनमा सहिद हुने ५ सय हाराहारीका सवै सहिदहरुको सपना साकार गर्ने प्रतिबद्धता जनाउन चाहान्छु’ प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘सहिदप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली छ, सहिद परिवारप्रति समवेदना व्यक्त गर्दछु घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
पार्टी कामले ढिलो पुगेकोमा आत्माआलोचना गर्दै प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘यो बेला देश रहने कि नरहने गम्भीर अवस्थामा छ, देशको रक्षाका लागि साम्राज्यवादी एजेण्डहरुलाई चुनाबमा वहिष्कार गर्नुहोला ।’
प्रवक्ता प्रकाण्डले चुनावमा कुनै कसैेको दवाव र प्रभाव विना जनतालई सहि फैसला गर्न आग्रह गर्दै कुनै पनि हालतमा साम्राज्यवादी दलालहरुलाई भोट नदिन अपिल गर्नु भयो ।
‘साम्राज्यवादी हर्कत विगतको भन्दा हजारौ गुणा ठुलो छ, चुनाव विगतको जस्तो चुनाव पनि होईन, यो चुनाव साम्राज्यवादी दलाल र देशभक्त स्वाधीनता चाहानेहरु बीचको हो, साम्राज्यवादका टट्टुहरुलाई संसदमा ल्याउन ठुलो षड्यन्त्र हुदैछ’ उहाँले भन्नु भयो, ‘जनताको अधिकारको रक्षा र स्वाधीनताको रक्षाका लागि कालिकोटवासी जनताले ऐतिहासीक फैसला गर्नु पर्छ, नत्र देश युक्रेन बनाउने षड्यन्त्र हुदैन ।’
प्रवक्ता प्रकाण्डले देशमा कालिकोटे जनताको बलिदान सामान्य नभएको जिकिर गर्दै जनताले एकपटक सहित नेतृत्वलाई मतदिएर जिल्लाको गरिमालाई उच्च बनाउन, आफ्नो अधिकारको रक्षागर्न र देशको स्वाधीनताको रक्षा पुनः विशेष अपिल गर्नु भयो ।