कालिकोटमा महेन्द्र शाहीका विरुद्ध विद्रोहःजीवन बुढाले दिए बागी उम्मेदवारी

६ माघ, कालिकोट । कालिकोटमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
तानाशाही तरिकाले अवसर लुट्न खोज्ने महेन्द्र शाही विरुद्ध जीवन बुढाको समुहले विद्रोह गरेको हो ।
बुढाले महेन्द्रका विरुद्ध जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार बागी उम्मेदवारी दर्ता गराउनु भएको छ ।
कालिकोटमा यो नेपाली कम्युनिष्ट पार्टी भित्रको आन्तरिक विवादको उत्कर्ष हो । विगतमा पटक पटक अवसर महेन्द्रले लिएको र यो पटक बुढाले टिकट पाउनु पर्ने माग गरिरहेका बेला महेन्द्रले टिकट खोसेर ल्याएको बुढापक्षका नेताहरुले दाबी गरेका छन ।
बागी उम्मेदवार बुढाले महेन्द्र शाहीले पटकपटक अवसर पाइसकेको र अहिले पनि त्याग गर्न नचाहेकाले आफूले बागी उम्मेदवारी दिएको र नयाँ पुस्ता र अन्य सक्रिय नेता कार्यकर्ताले पनि अवसर पाउनुपर्ने बताउनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनु भएका शाही २०७० र ०७९ को प्रतिनिधि सभा निर्वाचन तथा ०७४ को प्रदेश सभा निर्वाचनमा सांंसद निर्वाचित भइसकेका व्यक्ति हुनुहुन्छ । उहाँले जिल्लाका अरु नेता कार्यकर्तामाथि तानाशाही तरिकाले काम गर्ने गरेको र अरुको कुरा सुन्ने नगरेको केही नेताहरुले गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस