माओवादी केन्द्र कर्णाली प्रदेशको भेला सम्पन्न


७ माघ सुर्खेत । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द)्र वाट अगल भएर पुर्नगठन गरिएको कर्णजीत वुढा नेतृत्वको नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको भेला मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले धर्मराज वेडुवालको संयोजकत्वमा १५१ सदस्सीय प्रदेश कमिटि चयन गरेको छ ।
भेलामा माओवादी केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकी . (शुशिल)ले संवोधन गर्दै संसदीय ब्यावस्था पुर्ण रुपमा असफल भैसकेको वताउनु भएको छ । उहाँले त्यसको बिकल्पमा अब बृहत राजनीतिक जन परामर्श सम्मेलनको आयोजना गरेर सर्वदलिय सर्वपक्षिय सरकार गठन गरिनुपर्ने धारणा राख्नु भयो । भेलामा उपाध्यक्ष रंगनाथ ढकाल, महासचिव नरेश शाही, सचिव सिंहराज वि.क.,प्रेस सेन्टर नेपाल अध्यक्ष लोकराज जैशी, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष जनक कामी (सागर ), प्रदेश नम्बर ७ का अध्यक्ष धुर्व संज्याल, प्रदेश नम्बर ५ का सचिव भागीराम चौधरी लगायतकाले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस