गिरफ्तार नेता कार्यकर्ताको रिहाको माग गर्दै कालिकोटमा विरोध प्रर्दशन


७  माघ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले आफ्ना गिरफ्तार नेता कार्यकर्ता शिघ्र रिहाको माग गर्दै जिल्लाका विभिन्न ठाउँमा विरोध प्रर्दशन गरेको छ ।
पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायतका नेता कार्यकर्ताको गैरन्यायिक गिरफ्तारी गरेको विरुद्ध आज जिल्लाभर जनप्रदर्शन सहित बिरोध सभा कार्यक्रम गरिएको नेकपा कालिकोटले जनाएको छ ।
जिल्लाको राष्कोट, माल्कोट, भर्ता, पलाँता, खिन र बदालकोटमा छुट्टा छुट्टै विरोध कार्यक्रम भएका छन ।
पलाँतामा भएको विरोध प्रर्दशन पछिको कोणसभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गर्दै अहिले सम्म आफ्नो पार्टीले लडेको राजनीति लडाई नै केपी सरकार र दलाल संसदीय ब्यबस्था ढाल्न काफी भएको वताउनु भएको छ ।
उहाँले आफ्ना नेता कार्यकर्ताको गिरफ्तार, धरपकट र दमन निरंकुशता तथा हतास मनस्थितिको उपज भएको भन्र्दै गिरफ्ता नेता कार्यकर्ताको यथाशिघ्र बिना सर्त रिहा गर्न माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस