विप्लव नेतृत्वको नेकपा वार्ता गर्न सकरात्मक


८ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।
सरकारले शान्तिपूर्ण राजनीतिमा आउन आहृवान गर्दै सम्वादका अनौपचारिक प्रयास गरिरहेका बेला नेकपाले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरको हो ।
पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै भन्नु भएको छ ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’
२० माघमा खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा पुगेर नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेट्नु भएको थियो । अन्य च्यानलहरुबाट पनि सम्वादको प्रयास भइरहेको दाबी सरकारी अधिकारीहरुले गर्दै आएका छन ।
विप्लवको पछिल्लो वक्तव्यमा सरकारले पनि सकारात्मक भनेको छ र, शान्तिपूर्ण राजनीतिमा आउन चाहे त्यसको वातावरण बनाउने एक मन्त्रीेले बताएका छन ।
नेकपाका नेताहरुले भने आफूहरु वार्ताको विपक्षमा छैनौं भन्ने सन्देश मात्र दिएको र, अहिले तत्काल सरकारका कारण सम्वाद भइहाल्ने अवस्था नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस