सुर्खेतमा एमसीसी विरुद्ध विरोध प्रदर्शन सहित प्रशासन कार्यालय घेराउ

रगवीर विश्वकर्मा

८ फागुन, वीरेन्द्रनगर । सुर्खेतमा एमसीसी विरुद्ध आईतवार जिल्ला प्रशासन कार्यालय घेराउ गएिको छ । नेपाल कम्युनिष्ट पार्टी सहितका ६ दलको आयोजनामा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।

राष्ट्रघाती एमसीसी विरुद्ध मंगलगढी चोकवाट नारा जुलुस सहित निकालिएको विरोध र्यालीले वजार परिक्रमण गरि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई घेराउ गरिएको थियो ।

केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी लगायतका छ दल र दुई मोर्चा सहितको एमसीसी विरुद्धकोे केन्द्रीय कार्यक्रम अनुसार सुर्खेत जिल्लामा रहेका छ दलले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन ।

प्रशासन घेराउ तथा धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एटम बि.सी. ले कुनै पनि मित्र राष्ट्रको सहयोग संविधान भन्दा माथि राखेर लिन नसकिने वताउनु भयो । उहाँले एमसीसी सम्पूर्ण रुपले राष्टघाती सम्झौता भएको भन्दै यसलाई कुनै पनि हालतमा नेपालमा स्वीकार गर्न नहुने वताउन भयो ।
उहाँले नेपालको ऐन, कानुन संविधानलाई च्यातेर अमेरिकी कानुन र सैन्य गतिविधिहरु नेपालमा लाद्न एमसीसी ल्याइएको वताउनु भयो । नेता विसीेले नेपालको संसदमा एमसीसी टेवल गर्न लगाउनु गम्भीर आपत्तिजनक कुरा भएको र यस्लाई तुरुन्त खारेज गर्नु माग गर्नु भयो ।

प्रदर्शन तथा घेराउका क्रममा केही समय आन्दोलनकारी र प्रहरी बिच धकेला धकेल भएको थियो ।

आन्दोलनकारीले धर्ना कार्यक्रममा गित, गजल र कविता समेत प्रस्तुत गर्दै एमसीसीको विरोध गरेका थिए । व्यापक जनताको उपस्थितिले केहिबेर सडक समेत अबरूद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस