फागुन ८, सुर्खेत । सुर्खेतको वराहताल गाउँपालिका वडा नम्बर ८ को रानीवनमा फागुन ४ गते देखि सुरू भएको चार दिने आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग आईतवार समापन भएको छ ।
जनपत्रकार संगठन नेपाल, कर्णाली प्रदेशले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग आफ्नो लक्ष्य प्राप्त गर्दै समापन भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एटम विसीले तालिम अत्यन्तै फलदायी भएको वताउनु भयो ।
सुर्खेत र दैलेख जिल्ला इंचार्ज समेत रहनु भएका एटमले दलाल पुूँजीवादको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने आन्दोलनमा जनपत्रकारहरुको तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे आशा व्यक्त गर्नु भयो ।
उहाँले मालेमावादी दुष्टिकोणमा पोख्त हुने गरि तालिम सफल भएको भन्दै दलाल पूजीवादका विरुद्ध पत्रकारहरु वाघको वच्चा डमरु हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पनि यो तालिमले सफल मार्ग निर्देशन गर्ने वताउनु भयो ।
समापन तालिममा प्रमुख प्रशिक्षक तथा अतिथि शेरवहादुर विश्वकर्माले करिव २५ घण्टा दिएको तालिमले पत्रकारको जीवन परिवर्तनमा महत्वपूर्ण भूमिका पुरा गर्ने वताउनु भयो ।
उहाँले तालिममा साना तिना सीमा समस्या रहेपनि मुलत समाचार,पत्रकारिता,रिपोर्ट,दर्शनशास्त्र,राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विविध विषयवस्तुमा विषयगत ज्ञान दिने कोशिस गरी ज्ञानको ढोका खोलेको वताउनु भयो ।
तालिममा सहभागी प्रशिक्षार्थी जाजरकोटकी शुशीला विकले यो ज्ञानवद्धक तालिम आयोजना गरिएको भन्दै आयोजक टिमलाई धन्यवाद दिनु भयो । उहाँले तालिमले सवैलाई उर्जा प्रदान गरेको वताउनु भयो । अर्का सहभागी प्रशिक्षार्थी सल्यानका रामवहादुर विकले तालिममा राम्रो ज्ञान प्राप्त गरेको भन्दै यो ज्ञानलाई जीवन व्यवहारमा प्रयोग गर्ने वताउनु भयो ।
प्रशिक्षार्थी कालिकोटका अशोक शाहीले कुनैपनि ज्ञान नभएको कुराको गहिरो ज्ञान प्राप्त गर्ने अवसर पाईएकोमा खुसी व्यक्त गर्नु भयो । वर्दिया वाट सहभागी प्रशिक्षार्थी पदम वुढाले यस्तै खालका तालिमहरु जिल्ला जिल्लामा संचालन गर्नुपर्ने सुझाव दिनु भयो ।
सहभागी प्रशिक्षार्थी कालिकोटका कर्ण विश्वकर्माले यो तालिमले अध्ययन गर्ने ढोका खोलेको भन्दै यस्तै तालिम वेला वेला गर्न सुझाव दिनु भयो । जाजरकोटका प्रेम विक,सुर्खेतका रगवीर विश्वकर्माले तालिम ऐतिहासीक भएको र यसले संसार वुझने मात्र नभई वदल्लने दिशातिर लिने प्रतिक्रिया दिनु भयो ।
तालिममा जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेर वहाुदर विक,जनपत्रकार संगठन नेपालका कर्णाली प्रदेश अध्यक्ष वसन्त विक र जनपत्रकार संगठन कर्णाली प्रदेश सदस्य रगवीर विश्वकर्माले सहजिकरण गर्नु भएको थियो ।
जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष बशन्त बि. क. को अध्यक्षतामा संचालन भएको समापन तालिमको जनपत्रकार संगठनका केन्द्रीय सदस्य जगदिशनाथ योगी (राजकुमार)ले संचालन गर्नु भएको थियो ।