जनचेतना बहुमुखी क्याम्पसमा अखिल (समाजवादी)को उपसभापति र एक सदस्य विजयी


७ चैत्र, कालिकोट । जनचेतना बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
अखिल क्रान्तिकारीले सभापति जितेको छ ।
अखिल (समाजवादी) उपभापति र एक सदस्य पदमा विजयी भएको छ । अखिल (समाजवादी)का तर्फबाट करिस्मा सी उपसभापति र प्रतिमा सी सदस्य पदमा बिजय भएको अखिल (समाजवादी)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस