महेन्द्र बहुमुखी क्याम्पसमा अखिल (समाजवादी) र अनेरास्ववियुको प्यानल विजयी

७ चैत्र, बाँके । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) र एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ ।
अनेरास्ववियुका केशरजंग शाह स्ववियु सभापतिमा विजय हुनु भएको छ भने अखिल (समाजवादी) का सुरेन्द्र रावत कोषाध्यक्ष पदमा र सदस्यमा गोपाल आउजी विजयी हुुनु भएको छ ।
सबै भन्दा बढी ६९४ उत्कृष्ट भोट ल्याएर स्ववियु कोषाध्यक्षमा रावत विजय हुनु भएको हो ।
अनेरास्ववियुका शाहले ५ सय ९९ मत ल्याउदा अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विकले ५ सय २७ मत ल्याउनु भएको छ । यस्तै नेविसंघका सन्तोष रावलले ३ सय ६४ मत ल्याउनु भएको छ ।
समानुपातिक मतमा अखिल समाजवादी र अनेरास्ववियुले ६ सय २१, नेविसंघले ४ सय ९७ र क्रान्तिकारीले ३ सय ९० मत ल्याएका छन् ।
यस्तै सचिवमा चिरन्जीवी बुढा,सदस्यहरुमा अमिश विक, बन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाय, निरज यादव, राजीव शाह र शिशिर सुवेदी विजयी हुनु भएको छ । बुधवार अखिल (समाजवादी) र अनेरास्ववियुले नेपालगंज बजारमा संयुक्त विजय र्याली समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस