७ बैसाख, कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटले शिक्षकहरुका जाहेज मागहरु तत्काल पुरा गर्न सरकारसंग माग गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले आईतवार एक प्रेश विज्ञप्ति जारी गरी शिक्षकहरुका जाहेज मागहरु तत्काल पुरा गर्न सरकारसंग माग गर्नु भएको हो ।
नेकपा (एकीकृत समाजवादी)ले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘हाम्रो पार्टी शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउदै आन्दोलनरत शिक्षकहरुसंग तत्काल निर्णायक वार्ता गरी नयाँ शिक्षा ऐन जारी गरी शिक्षकहरुका जाहेज मागहरु यथासक्य पुरा गर्न नेपाल सरकारसंग माग गर्दछ ।’
एकीकृत समाजवादीले २०२८ सालको पञ्ंचायती शिक्षा ऐन खारेज नगरी वर्तमान सरकार सामुदायिक विद्यालय शिक्षा ध्वस्त पार्दै शिक्षकहरुको मानमर्दन गर्न उद्धत रहेको निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादीले पार्टीको १० औंं जिल्ला अधिवेशनको समयमा प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अमर बहादुर थापालाई रास्कोट पुर्याएर यस क्षेत्रका शिक्षकहरुसंग भेटगराई समयमै शिक्षकहरुका माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ