बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

६ जेठ, हेटौंडा । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । उहाले ५०८८ मतभार पाउनु भयो भने बादलले ४०१४ मतभार पाउनु भएको छ ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकोमा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाउनु भएको छ ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकोमा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस