क्रान्ति छोडेको भ्रम नछर्न फुटवादीहरुलाई विषमको चेतावनी

 

६ असार,जुम्ला । वनेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य संतोष वुढामगर (विषम)ले फुटवादीहरुलाई आफ्नो पार्टीले क्रान्ति छोड्यो भनेर भ्रम नछर्न चेतावनी दिनु भएको छ ।

सोमवार जुम्लाको खलंगाामा कर्णालीका अगुवा कार्यकताृ प्रशिक्षणलाई सम्वोधन गर्दै नेता विषमले विचार र दृष्टिकोणवाट पयालयन भएर क्रान्ति नहुने स्पष्ट पार्नु भयो ।
एउटा क्रान्तिकारी पार्टी र नेतृत्वलाई खुइल्याउन र साम्राज्यवादीलाई सहयोग गर्न अनावश्यक भ्रम फैलाएको विषमले वताउनु भयो ।
उहाँले यस्तो उग्र यान्त्रिक भौतिकवाद र विचलनवादले क्रान्ति कहिल्यै नहुने भन्दै कञ्चन सुदर्शनको तरिकाले क्रान्ति नहुने स्पष्ट पार्नु भयो ।

नेता विषमले पार्टीले केवल क्रान्तिको तयारीको लागि र जनतासंग जोडिन एकपटक चुनावको प्रयोग मात्र गरेको कुरालाई संसदवादमा गएको भनेर भ्रम छर्नु क्रान्ति विरुद्धको काम भएको वताउनु भयो ।
उहाँले कञ्चन सुदर्शनमा दृष्टिकोणको समस्या देखिएको र उहाँहरु आफै क्रान्तिको वाटो छोड्ेर भाग्नु भएको भन्दै केवल अरुलाई भ्रमित पारिरहनु भएको टिप्पणी भयो ।

नेता विषयमले पार्टीमा आािर्थक अनुशासन उल्लंघन गर्ने,अर्थ विभागको निर्देशन विपरित आर्थिक चलखेल गर्ने लगायतका विचलनहरु उहाँहरुमा देखिएको दोहोर्याउनु भयो ।
पार्टीले आर्थिक हिनामिना वारे छानविन गर्ने निर्णय गरेपछि अरु केही नपाएर चुनावको चोर दुलोवाट फुटवाद तिर गएको विषमले आरोप लगाउनु भयो । आफ्नो पार्टी क्रान्ति प्रति प्रतिवद्ध रहेको र एकीकृत जनक्रान्ति पुरा गरेर छाड्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चुडामडी वली आदर्शले अन्नपूर्ण होटेलवाट सुदर्शनको निर्देशनमा ५० लाख रुपैया ल्याएर हिनामिना गरेका आरोप लगाउनु भयो । उहाँले पार्टीको नीति विरुद्ध लाग्नेहरुले र दृष्टिकोण नभएकाहरुले क्रान्तिको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नु भयो । अर्का केन्द्रीय सदस्य शुशिलले पार्टी भित्रको खराव प्रवृति पखालिएर गएको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस