५ साउन काठमाडौं । असार २९ गते नेपाली कांग्रेसका सभापति सेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि अरु मन्त्री विस्तार गर्न हम्मे हम्मे परेको छ । २ जना माओवादी केन्द्र र दुई जना कांग्रेस वाट मन्त्रीहरु नियुक्त गरि मन्त्रीपरिषद गठन गरिएको छ ।
सर्वाेच्च अदालतको २८ असारको फैसलाअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर जुटाएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री वन्नु भएको थियो ।
कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)का २२ सांसदसहित १६५ सांसदको समर्थन पाउनु भएका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न भने हम्मे हम्मे परेको हो ।
मन्त्रिपरिषद् विस्तारका लागि देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफल थाल्नु भएको छ ।
मंगलबार मात्र देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।
प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा अपरान्ह खुमलटार पुग्नु भयो । यस्तै फ्लोर क्रस गरेर देउवालाई मत दिएका एमाले
वरिष्ठ नेता माधव नेपालसँग मंगलबार नै प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटनु भएको थियो ।
नेपाली कांग्रेस भित्रै पनि मन्त्रीहरुको आकांक्षि धेरै भएकाले देउवाले मन्त्रीपरिषद विस्तार गर्न कठिन भएको छ । एकातिर अरु दल संग सल्लाह गर्नु पर्ने र अर्कोरित आफ्नै पार्टी भित्रवाट पनि सन्तुलन मिलाएर लिनु पर्ने भएकाले देउवालाई मन्त्रीपरिषद विस्तार गर्न निकै अफ्ठेरो भएको हो ।
संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, भरतकुमार शाह, नारायण खड्का, बहादुरसिंह लामा, विनोद चौधरी, मानबहादुर विश्वकर्मा र तारादेवी भट्टको नाम चर्चामा छ ।
नेताहरुका अनुसार अहिलेसम्म गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । संविधानअनुसार मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन पाइन्छ ।
हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनादर्न शर्मा र उर्जामा पम्फा भुसाल नियुक्त हुनु भएको छ । बाँकी मन्त्रालय भागवण्डामा प्रधानमन्त्री देउवाले माओवादी, जसपाका साथै आफ्नै पार्टीको तीन वटा समूहलाई चित्त बुझाउनुपर्ने हुन्छ ।
कांग्रेसमा तीन समूह अस्तित्वमा छन् । देउवा आफैंले नेतृत्व गरेको संस्थापन समूह छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलााको अर्को समूह छ । नेताहरुका अनुसार मन्त्रालय भागवण्डा गर्दा कांग्रेसको भागमा बढीमा आठ वटा मन्त्रालय आउने सम्भावना छ । तर आंकाक्षी भने धेरै छन् ।
देउवानिकट एक नेताका अनुसार पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । ‘पार्टीभित्रको सन्तुलन कायम गर्न पनि हामीले उपप्रधानमन्त्री पाउनुपर्छ भन्ने साथीहरुको भनाइ छ,’ नेता अर्जुननरसिंह केसीले भन्नु भयो ।
उपप्रधानमन्त्री पाएमा यो समूहबाट प्रकाशमान सिंह मन्त्री बन्ने सम्भावना छ । आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीसमेत रहनु भएका पूर्वमहामन्त्री सिंहले भने सरकारमा जानेबारे मुख खोल्नु भएको छैन ।
यस्तै उपप्रधानमन्त्री भइसक्नु भएकी सुजाता कोइरालाले सरकारमा जाने इच्छा राख्नु भएको छ ।
सिंह सरकारमा नगए उपप्रधानमन्त्रीमा कोइरालाको दाबी बलियो हुने पौडेल समूहका नेताहरुले वताएका छन ।
पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, किरण यादव, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राई, प्रकाश रसाइली ‘स्नेही’को नाम चर्चामा छ ।
यस्तै पूर्वमहामन्त्री सिटौला समूहले एउटा मन्त्री पाउने सम्भावना छ, जसमा उमाकान्त चौधरीको नाम पनि चर्चामा छ । यद्यपि यसअघि ९ महिना स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेको तथा कोरोना नियन्त्रण र रोकथामका लागि संसदभित्र र बाहिर रचनात्मक भूमिका खेल्नु भएका गगन थापालाई पनि मन्त्री बनाउनुपर्ने मत बलियो छ ।
संस्थापन समूहकै कतिपय नेताले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई थापालाई स्वास्थ्यमन्त्री बनाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस