जनश्रमदान वाट खिनमा वक्ति वल्यो ,स्थानीय खुसि

भाद्र ४ गते कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिका खिन स्थित औंलाखोला लघु जलविधुत आयोजनाको मर्मत गरेपछि गाउँ उज्यालोले झलमल्ल भएको छ । गाउँमा वक्ति वल्दा गाउँलेहरु पनि खुसि भएका छन ।

तिन वर्ष अघि देखि विगी्रएको विधुतगृह र नहरको मर्मत गर्ने वजेट अभावमा गाउँ अन्धकारमा थियो ।

गाउँलेहरुले वेलावखत स्थानीय सरकार तथा राज्यका विभिन्न निकायमा वक्ति मर्मत गरि बाल्दिन निकै दुखका साथ अनुरोध गरेपनि कुनै पनि निकायले सुनुवाई गरेका थिएनन् ।

तर खाने मुखलाई जुगाले छेक्दैन भने जस्तै खिनवासीको उज्यालोमा वस्ने रहरलाई कुनै वाधा र व्यवधानले छेक्न सकेन । अन्ततः अर्काको मुख ताक्ने परम्परालाई तोडदै आफनै करिव ७ लाखको जनश्रमदान वाट स्थानीयले वक्ति वाल्न सफल भएका छन ।

गाउँका समाजसेवी तथा दलित मुक्ति मोर्चा नेपालका भेरी कर्णाली संयोजक पदम विश्वकर्मा (साहासी) को नेतृत्वमा गाउँमा जनपरिचालन वाट जनश्रमदान गरि वक्ति वालिएको हो ।

समाजसेवि साहासीको नेतृत्वमा कौस वम, गोविन्द वम, धन व. महतारा, माघे वि.क., पहिल वम, दुर्ग वम, सृजन वम, वसन्त वम, ऐमान वि.क. सहित ९ जनाको पूर्न निर्माण समिति गठन गरिएको थियो ।

समितिले साउन २७ गते वाट विधुत गृहको विग्रीएको नहर, ट्रान्स्मीटर,पावरहाउसको म्यान स्वीच, वितरित लाईन मर्मत गरेपछि विहिवार (भाद्र ४) वाट विधुत वलेको हो ।

वैकल्पिक उर्जाको लागनी र केही जनश्रमदा वाट ७० किलो वाट विधुत २०७५ सालमा निमार्ण भएको थियो ।

तर त्यसको एक वर्ष नपुग्दै विग्रीएकाले गाँउलेहरु अन्धकारमा वसेका थिए । आज वाट विधुत पुन वलेपछि गाउँका ७ सय घरधुरी उज्यालोमा वस्न पाएका छन । गाउँ नै झिलिमिलि भएपछि स्थानीयवासीहरु खुसि हुदै आफ्नो गाउँ आफै वनाउँ भन्न थालेका छन ।

विकास निमार्णको नाममा गाउँमा गएको वजेटको दुरुपयोग गर्दै पचाउने भ्रष्टहरुका विरुद्ध आफुहरुले गरेको काम चुनौतिपूर्ण भएको खिनवासीहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस