नेकपाका नेता भरत वम (रणवीर) रिहा,भव्य स्वागत


४ भाद्र,काठमाडौ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर) शुक्रवार काठमाडौवाट रिहा हुनु भएको छ ।

तुल्सीपुर उच्च अदालत नेपागंज इजलासले विहिवार १ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि शुक्रवार धरौटी वुझाएर नेता वम रिहा हुनु भएको हो ।

दलाल संसदीय व्यवस्थाको सरकारले २०७६ साल वैसाख २५ गते पार्टी काम विशेषले पूर्वतिर जान लागिरहेको वेला नेपालगंजको पिप्रवावाट नेता वमलाई गिरफ्तार गरेको थियो ।

नेता वमलाई गिरफ्तार पछि प्रहरीेले आफै झोलामा वम, विष्फोटक पदार्थ हालेर झोला वाट विष्फोट सामान वरामद भएको भन्दै झुट्टा रिपोर्ट वनाई वाँके जिल्ला अदालतमा मुद्धा दाहेर गरेको थियो ।

अदालते नेता वम संग गिरफ्तार भएका सत्य वहादुर शाहीलाई दुई महिना पछि साधारण तारिखमा रिहा गरेको थियो भने नेता वमलाई पूर्पक्षेको लागि नेपालगंज जेल चलान गरेको थियो ।

जेलमा वस्दा समेत नेता वमले जेल भित्र हुने अनियमिता, अन्याय अत्याचार, जेल भित्रै लागु औषध कारोवार गर्ने जस्ता विकृति विरुद्ध सशक्त प्रतिरोध गर्नु भएको थियो ।

जसले गर्दा उहाँ माथि नेपागंज कारागरका केही अराजक कैदीहरुले हातपात समेत गरेको समाचार वाहिर आएको थियो ।
त्यति हुदा पनि उहाँले जेल मोर्चा वाटै प्रतिक्रियावादी सत्ताको विकृति विरुद्ध संघर्ष गरिरहनु भयो । नेपागंज जेलमा उहाँको असुरक्षा वढेपछि केही महिना वर्दिया जिल्ला कारागरमा समेत सरुवा गरिएको थियो ।

२०७७ सालको फागुन २१ गते नेकपा र सरकार विच ३ वुदे सहमति पछि नेता वमलाई केन्द्रीय कारागर सुन्धारा काठमाण्डौ सारिएको थियो ।
उहाँ जिल्ला अदालत नेपागंजको छोडने आदेश पत्र केन्द्रीय कारागर पुगेपछि शुक्रवार काठमाडौवाट रिहा हुनु भएको हो ।
उहाँको रिहा भए लगत्तै पार्टी केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकास ओली (सुदर्शन) र केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज माइला लामा लगायतका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन ।

जनयुद्धको सुरुवात देखि क्रान्तिकारी लाईनमा निरन्तर लागि रहनु भएका नेता वमको घरवाट २ भाईले जनयुद्धमा वलिदान समेत गरिसक्नु भएको छ ।
कालिकोट जिल्लावाट खडग वहादुर विश्वकर्मा पछिका सवै भन्दा सिनियर नेताको रुपमा चिनिनु हुन्छ । जनयुद्धको वेला लामो समय सम्म कालिकोट अछाम,वाजुराको जिल्ला सचिव समेत भएर काम गर्नु भएको थियो ।

छोटो समयमा २५ वर्र्षिय उमेरमा पार्टीको केन्द्रीय सदस्य समेत युद्धकालमा वन्नु भएको थियो । पार्टीको पोलिट व्युरो सदस्य समेत वन्नु भयो । अहिले पार्टीले केन्द्रीय समिति मात्र वनाएकाले हाल केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ आजको मिति सम्म २ वर्ष ३ महिना ९ दिन दलाल प्रतिक्रियावादी सत्ताको जेलमा वसी रिहा हुनु भएको छ ।

यस अघि पार्टीका सवै केन्द्रीय स्तरका गिरफ्तार नेताहरु रिहा भइसकेका थिए । नेता वम मात्र केन्द्रीय स्तरवाट जेलमा हुनुहुन्थ्यो । अझै ३ वुदे सहमति भएपनि नेता कार्यकर्ताहरुको मुद्धा फिर्ता नभएकाले कानुनी प्रक्रियाको वाटो अवलम्वन गर्नु परेको छ । सरकार तीन वुदे सहमतिमा इमान्दार नदेखिदा यस्तो अवस्था आएको छ । अझै सय वढि कार्यकर्ता रिहा हुन वाँकी छन ।

प्रतिक्रिया दिनुहोस