जनताको माईक समातेका कारण जेल हालियो ः भरत वम

४ भाद्र,काठमाडौ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर)ले जनताको सत्य आवाज वोल्ने आफुले माईक समातेका कारण जेल हालिएको वताउनु भएको छ ।

शुक्रवार रिहा पछिको स्वागत तथा अभिनन्दन कार्याक्रममा वोल्दै नेता वमले जनताको माईकवाट भ्रटाचारी,लुटेरा,अपराधिहरुको विरोध गरेकै कारण जेल हालिएको दावि गर्नुृ भयो । उहाँले भन्नु भयो “जनताको माईक संग ठुलो शक्ति छ, अझै यो माइकलाई दहे संग समात्ने छु ।”

उहाँले यो दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु ,जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र उनीहरुको उपहार भएको वताउनु भयो ।
आफुले जेलमा वस्दा ३ ‘ग’ को भूमिका पुरा गरेको दावी गर्दै नेता वमले सानो जेलको घेरावाट ठुलो जेलको घेरामा आएको वताउनु भयो ।

संसारमा कोही पनि स्वतन्त्र नभएको भन्दै पूजीवादीहरुको उत्पीडन,शोषण दमनमा परिरहनु परेकाले त्यसवाट मुक्त हुनु नै ठुलो जेलवाट मुक्त हुने ठोकुवा गर्नु भयो ।

नेपालमा अहिलेको संसदीय व्यवस्थाको नेतृत्वले हुस्सु विचार वोकेको उल्लेख गर्दै हुस्सु विचारले नेपालमा शान्ति नहुने पनि ठोकुवा गर्नुृ भयो ।

सो अवसरमा नेता वमले आफनो रिहाको लागि सहयोग गर्ने वकिल,पार्टी कार्यकर्ता,शुभचिन्तक तथा न्यायधिसलाई समेत धन्यवाद दिनु भयो । स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माईला लामाले स्वागत तथा अभिनन्द गर्दै सत्यको जीत र असत्यको हार भएको वताउनु भयो ।

उहाँले संसदवाद सवै हिसावले पतन भएको दावी गर्नु भयो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य हेमन्त प्रकास ओली (सुदर्शन) लगायतका नेता कार्यकर्ताहरु समेतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस