३ असोज,बाँके । लम्कीको लालरत्न अस्पतालको गम्भीर त्रुटिले कालिकोटका एक किशोरीको अकालमा मृत्यु भएको छ ।
नरहरीथान गाउँपालिका वडानम्वर ६ माल्कोट धनपाटा स्थायी घर भएकी र हाल कैलालीको लम्की नगरपालिका १ थकालीपुर वस्ने १६ वर्षिय सुजता विकको डाक्टरको उपचारमा गम्भीर त्रुटीले अकालमा मृत्यु भएको हो ।
सुजाता वुवा धीर विक र आमा पदमकला विकको छोरी हुन । उनी लम्कीमै वसेर अध्ययन गर्ने योजनाले हालै कालिकोटबाट आएकी थिईन । सुजाता माल्कोटको सेरापााटामा रहेको स्कुलमाम कक्षा ९ मा अध्ययनरत छात्रा हुन । उनको पढने सपना भने लालरत्न अस्पतालका डाक्टरले उपचारमा गरेको गम्भीर त्रुटीले अधुरो भएको छ ।
सुजाताको सामान्य पेटदुखे पछि भाद्र २९ गते टिकापुरको लालरत्न अस्पतालमा भर्ना भएकी थिईन । उनलाई अस्पतालका डाक्टर प्रभात गिरीले एपेण्डीसाईड भएको र तुरुन्त अप्रेसन गर्नु पर्ने वताएछि सुजाताकोे साँझ ७ वजे अप्रेसन भएको सुजाताका वुवा धिरले वताउनु भयो ।
उहाँका अनुसार अप्रेसनमा डाक्टरको गम्भीर त्रुटीले विरामीको मृत्यु हुने खतरा भएपछि अस्पताल प्रशासनले भाद्र ३० गते विहान १० वजेतिर विरामीलाई नेपालगंजको नरसिंह होममा रिफर गरेको थियो ।
तर छोरी सुजाताको भाद्र ३१ गते नेपालगंजको नरसिंह होममा मृत्यु भएको वुवा धिरले वताउनु भयो । उहाँले अस्पतालको गम्भीर त्रुटीले छोरीको ज्यान गएको वताउनु भयो ।
लालरत्न अस्पतालको गम्भीर लाहप्रर्वाहीले विरामीको मृत्यु भएपछि पीडित परिवारले दोषी डाक्टरलाई कार्वाही र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन माग गरेका थिए । पीडित परिवारको यो मागमा नेकपाले समेत साथ दिदै सहयोग गरेको थियो ।
अस्पताल प्रशासनसंग नेपाल कम्युनिष्ट पार्टीको पहलमा पीडित परिवारलाई संगै राखेर छलफल गरी पीडित परिवारलाई पाँचलाख रुपैया दिन अस्पताल प्रशासन तयार भएको बेला रातरात त्यो कुराबाट अस्पताल प्रशासन पछाडि हटेको नेकपाका नेता रणदिपले जानकारी दिनु भयो ।
अस्पताल प्रशासनले षड्यन्त्रपूर्ण तरिकाले पीडित परिवारलाई राती नै कव्जामा लिएर केवल तीन लाख रुपैयाको चेक मृतकका वुवाको नाममा दिएर घटना सामसुम पारेको छ । यो घटनालाई सामसुम पार्नेमा नेकपा माओवादी(केन्द्र)का स्थानीय कार्यकर्ता समेत रहेको नेता रणदिपले आरोप लगाउनु भयो ।
मृतकका वुवा धीरले भने अस्पताल प्रशासनबाट क्रियाखर्च स्वरुप तीनलाख रुपैयाको चेक वुझेको वताउनु भयो ।
उहाँले तीनलाख रुपैयाको चेक वुझेपनि छोरीको अकालमा ज्यान गएकाले त्यसमा आफू अन्तुष्ट नभएको वताउनु भयो । उहाँले आफू भारतमा रहेको र छोरी विरामी भएर अस्पताल छ भन्ने कुरा थाहा पाएपछिलम्की पुगेको जानकारी दिनु भयो ।
नेकपाका कार्यकर्ताले भने विगमा पनि लालरत्न अस्पतालको गम्भीर लाहप्रर्वाहीले धरै विरामीको अकालमा ज्यान जाने गरेको र त्यसको पछिल्लो घटना सुजातको भएकोे वताएका छन ।
यो घटनाले अस्पतालमा भएका विरामी समेत आतंकित भएका छ । असक्षम तथा क्षमता नभएका डाक्टरहरु राख्नु र मेडिकल उपकरणपनि राम्रो नहुनुले विरामीको अप्रेसन गर्दा अकालमा जान जाने गरेको स्थानीय पत्रकार पृथ्वीले वताउनु भयो ।
निजी अस्पतालहरुमा देशभर नक्कली डाक्टरहरुको विगविगी समेत व्याप्त छ । लालरत्न अस्पतालमा नक्कली डाक्टरहरु समेत नहोलान भन्न नसकिने र त्यसको उचित छानविन गरिनुपर्ने एक स्थानीयले वताएका छन ।
यस घटनाकावारे अस्पतालका संचालक तथा निर्देशक लिला विष्ष्टले विरामीको एपिण्डीसाईड विग्रीएकाले वचाउन नसकिएको स्वीकार गर्नु भयो । उहाँले एपेण्डिसाईड भएर त्यसमा इन्फेक्सन अथवा मेडिकल भाषामा ‘’सेक्सीज भएका कारण विरामी वचाउन नसकिनेको वताउनु भयो ।
उहाँले आफुहरुको त्रुटी भन्दा पनि विरामी ढिलो अस्पतालमा ल्याएको र अपेसनपछि समस्या वढेपछि नेपालगंज रेफर गरिएको वताउनु भयो । इन्चार्ज विष्टले भाद्र ३० गते नेपालगंज पठाएको विरामीको भाद्र ३१ गते डेथ भएको स्वीकार गर्नु भयो ।
उहाँले राजनैतिक नेताहरुले दबाव वढाएर ७ लाख क्षतिपूर्ति दिनु पर्ने भनिएको वेला विरामीका आफन्तसंगको कुराकानीमा ३ लाख क्रिर्याखर्च दिएको पनि वताउनु भयो । चार दिन सम्म नरसिंह होम नेपालगंजमा रहेको मृतक सुजाताको शव भने आजै लम्कीमा पुर्उयाएर दाहसंस्कार गरिदैछ ।