लैङ्गिकता, समावेशीकरण र अपाँगता मैत्री तालिम

असाेज ३, कालिकाेट । लैङ्गिकता, सामाजिक समावेशीकरण र अपाँगता सम्वन्धि २ दिने तालीम आज तिलागुफा नगरपालिकाकाे धनडामा शुरु भएको छ ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोट द्धारा संचालीत सहयात्रा परियोजनाको आयोजनामा सहयात्रा परियोजनाका कर्मचारी र तिलागुफा नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरुका लागि तालिमको आयोजना गरिएको हो ।

तालिममा अपागंता सम्वन्धि अवधारण, वैयक्ति विविधता, अपांगता सम्वन्धि बुझाई प्रष्ट पार्ने । अपाँगता र सामाजिक समावेशीकरण सम्वन्धि भएका विधमान ऐन, कानुन, निति बारे जनकारी दिन तालिमको आयोजना गरिएको हो ।

स्थानीय तह सञ्चालका लागि वनेका ऐन, कानुन, निति बारे भएको अभावका वारे जानकारी, अपांगताका प्रकार, लक्षण पहिचान र विद्यालमा अपाँगता भएका बालबालिकाहरुको पहुँच पुरयाउने तरीका बारे ज्ञान हस्तान्तरण गर्ने र विद्यालमा अपांगता भएका बालबालिकाहरुको ब्यक्तीगत शैक्षिक योजना निर्माण गर्ने सिप सिकाउने मुख्य उदेश्यले तालीमको आयोजना गरिएको सेभ द चिल्ड्रेनका शिक्षा परियोजना संयोजक टिकाराम बिश्वकर्माले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले तिलागुफा नगरपालिका अझै पनि अपाँगता र सामाजिक समावेशीकरणका कारण धेरै बालबालिकाको बिद्यालयमा पहुच हुन नसकेको हुदा यो कार्यक्रमले कमर्चारीहरुको क्षमता अभिबृदी पश्चात सामाजिक हिसावले पछाडी पारिएका दलित बालबालिकाहरु र अपाँगता भएका बालबालिकाहरुले सहज तरिकाले बिद्यालय आउन सक्ने र उनीहरु प्रति हेर्ने दृष्टिकोण परिवर्तन आउने दावि गर्नुभयो ।

यसलाई थप प्रभावकारी बनाउका लागि नगरपालिका अपागता रसमाजिक मैत्री नितिहरु निर्माण गरि आगामी दिनमा कार्यक्रम तय गर्ने प्रतिवद्धता गर्नु भयो ।

त्यसै क्रममा सेभ द चिल्ड्रेनका बालसंरक्षण संयोजक बाले बिश्वकर्माले सेभ द चिल्ड्रेन बालबालिकाको क्षेत्रमा बिश्वब्यापी काम गर्ने बालअधिकारमुखी संस्था भएको भन्दै सिमान्तकृत र सामाजिक हिसावले बहिस्करणमा परेका र अपाँगता भएका बालबालिकाहरुको अधिकारको सुनिश्चीतका लागि स्थानिय सरकारसंग समन्वय र सहकार्य गरि अगाडी वढिरहेको वताउनुभयो् । तालीमको सहजीकरण सेभ द चिल्ड्रेन काठमाडौका अपागंता सम्वन्धि बिज्ञ प्रकाश लाल दासले गरिरहुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस