सांसदहरुको चुनावी खर्च, गाउँपालिका अध्यक्षले तिरि दिए

कार्तिक ४, कालिकोट । कालिकोटमा २०७४ सालको संसदीय चुनावकी वेला गरिएको तीन जना विजयी साँसदको चुनावी खर्चको उदारो एक जना गाउँपालिका अध्यक्षले तीन वर्ष पछि बल्ल –बल्ल तिरिदिएका छन ।

नेकपाका प्रतिनिधि सभाका सांसद दुर्ग वहादुर रावत, प्रदेश सांसद कुर्मराज शाही र प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र वहादुर शाहीको संसदीय चुनावको समयमा प्रचार –प्रसार सामग्रीमा गरेको पे्रसको उदारो खर्च शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्वर वहादुर शाहीले बल्ल –बल्ल तिरि दिनु भएको हो ।

चुनावको बेला सत्यदेवी अटो प्रिन्ट अफसेट प्रेस छापाखानामा चुनाव प्रचारप्रसारका लागि पोष्टर पम्पलेट, ब्रोसर लगाएतका चुनाव प्रसारप्रचारका सामग्रीहरु २०७४ सालको संसदीय चुनावको वेला छपाईएको थियो ।

चुनाव सम्पन्न भई विजय भएका माननीय सांसदहरुलाई यतिका वर्ष सम्म उदारो तिर्न कुनै चासो भएन । वेला– वेला उदारो रुपैया भुक्तानीको लागि आग्रह गर्दा पनि कुनै वास्ता नभएपछि प्रेसले केही दिन अघि मात्र माननीयहरुले रुपैया नदिएको भनेर फेसवुकमा स्टाटस पोष्ट गरेको थियो ।

छापाखानाका प्रतिनिधि डिल्ली प्रसाद चौलागाँईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भन्नु भएको थियो ‘माननीय प्रतिनिधिसभा सदस्य दुर्ग बहादुर रावत ज्यु, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही ज्यु र माननीय प्रदेशसभा सदस्य कुर्मराज शाही ज्यु तपाँईले चुनावका बेला सत्यदेवी छापाखाना कालिकोटमा पोष्टर, पम्पलेट र अन्य छपाईका सामानहरु लिएर प्रचार गरि चुनाव जित्नु भयो र मुख्यमन्त्री पनि हुनुभयो । तर, आजका मितिसम्म पनि मेरो छापाखानाको बाँकी रकम रु ७४ हजार ७२० रुपैयाँ कस्ले दिन्छ ? यसरी यो पोष्ट फेसवुकमा भाइरल भएपछि सांसदहरुको चौतर्फि आलोचना भएको थियो । सांसदहरुको चर्को आलोचना भएपनि उनीहरुले भने आफै रुपैया तिर्न सकेनन् । वरु नैतिकताको हिसावले उनकै पार्टीका जिल्ला सदस्य तथा शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका शाहीले आफै तिर्नु भएको छ । सांसदहरुले उहाँलाई तिरिदिनु भनेको हो या होइन त्यो भने उहाँले खुलाउनु भएको छैन ।

सांसदहरुले तिर्न नसके पनि म आफै तिरौला भन्दै शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष शाहीले ७४ हजार ७ सय २० रुपैया आईतवार भुक्तानी गरेको छापाखाना श्रोतले जनाएको छ ।

नेकपा जिल्ला कमिटि सदस्य समेत रहेका अध्यक्ष शाहीले कहिले कसो गल्ती हुन सक्छ भन्दै यसलाई ठूलो रुप नलिन आग्रह गर्दै रकम वुझाएको वताइएको छ ।

चुनावमा विजयी भएर सांसद हुदा र तीन– तीन वर्ष सम्म पनि आफुले गरेको उदारो खर्च तिर्न कन्जुस्याई गर्नुले सांसदहरुको व्यवहार लज्जाजनक भएको जानकारहरुले वताएका छन ।

 

प्रतिक्रिया दिनुहोस