५ मङ्सिर, कालिकोट । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले संचालन गरेको महान जनयुद्धलाई शान्ति सम्झौताको नाममा अन्त्य गरिएको आज १८ बर्ष पुरा भएको छ । ।
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोईरालाले विस २०६३ साल मंसिर ५ गते आजैको दिन शान्ति सम्झौतामा हस्ताक्षर गरी जनयुद्धलाई विधिवत रुपमा अन्त्य गरेको घोषणा हुन ।
तत्कालिन निरंकुश सामान्ती राजतन्त्रका विरुद्ध नेकपा (माओवादी)ले नयाँ जनवादी सत्ताको लक्ष्य राखि वि.सं २०५२ साल फागुन १ गतेबाट नेपालमा जनयुद्ध सुरु गरेको थियो ।
यहि जनयुद्धको बलमा सामान्ती राजतन्त्रको अन्त्य भएको हो । माओवादीले १० बर्षको जनयुद्धको समयमा देशको करिव ८० प्रतिशत भू–भाग कव्जा गर्दै गाँउमा स्थानीय जनसत्ताहरु गठन गर्यो । ७ डिभिजन जनमुक्ति सेना बनायो । जनअदालत, जनरेडियो, जनकम्युन लगायतका थुपै नयाँ विकासका संरचनाहरु माओवादीले जनयुद्धकालमा निर्माण गर्यो ।
तत्कालिन सामान्ती निरंकुश राजतन्त्रले संसदीय पार्टीहरुलाई समेत माओवादी जनयुद्धका विरुद्ध प्रयोग गरेर जनयुद्ध दबाउने ठुलो प्रयास गर्यो । तर त्यो सम्भव भएन । जनयुद्ध एकपछि अर्को फट्को मार्दै विजयीको दिशातिर बढदै थियो ।
यो कुरा देशी विदेशी प्रतिगामीहरुलाई विल्कुल मन परेको थिएन । जसले गर्दा २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको बंसनाश हुने गरी दरवार हत्याकाण्ड भयो । नयाँ राजाको रुपमा ज्ञानेन्द्र शाह आए । यो जनयुद्ध दबाउनकै लागि रचिएको प्रपञ्च थियो ।
ज्ञानेन्द्रले माओवादी विरुद्ध चर्को दमन गरे । माओवादीले संविधान सभा, गणतन्त्र र गोलमेच सम्मेलनको माग गर्दै बार्ता मार्फत समस्या समाधानमा तयार भएको बताएको थियो । वार्ता मार्फत समस्या समाान गर्ने दिशातिर कुनै पनि सामान्ती निरंकुश राजतन्त्र र संसदीय पार्टीहरुको बुद्धि आएन । जनयुद्ध तिव्रगतिमा अगाडि बढ्यो ।
सामान्ती राजतन्त्रात्मक संसदीय व्यवस्था र माओवादी बिच २०५८ सालमा पहिलो वार्ता सुरु भयो । तर सरकार पक्षवाट वार्ताकै समयमा १९ जना माओवादी कार्यकर्ताको हत्या हुने गरी दोरम्भा हत्याकाण्ड मच्चाएपछि पहिलो वार्ता भंग भयो । त्यसपछि दाङ सदरमुकाम घोराही, मंगलसेन,म्याग्दीको बेनी, अर्घाखाँचीको सन्दीखर्क, डोल्पाको दुनै,लगायतका दुवै सदरमुकाम माओवादी जनमुक्ति सेनाले कव्जा गर्यो ।
सयौ युद्ध मोर्चाहरुमा तत्कालिन शाही नेपाली सेनालाई जनमुक्ति सेनााले पत्तासाफ हुेन गरी हरायो । फेरी २०६० सालमा अर्को वार्ता भयो तर त्यो पनि निश्कर्षमा पुगेन र भंग भयो । सामान्ती सत्ता संकटग्रस्त बन्दै गयो । देश माओवादी मय बन्दै गयो ।
सामान्ती सत्ताका नाईके राजा ज्ञानेन्द्रले माओवादी माथि दमन त गरेकै थिए । माघ १९ को शाही घोषणाबाट संसदीय पार्टीमाथि पनि दमन गरे । संसदीय पार्टीका नेताहरुलाई नजरवन्द गरे । जसले गर्दा उनीहरु पनि माओवादी खोज्दै आन्दोलनमा आउन वाध्य भए ।
संसदीय पार्टीहरुको आन्दोलनले मात्र राजा ज्ञानेन्द्रले सत्ता छोड्ने अवस्था भएन । यता जनयुद्ध तिव्र बन्दै गएपछि उनीहरु माओवादीसंग सहकार्य गर्न पुगे । जनयुद्धको बलले मात्र पनि ज्ञानेन्द्रको सत्ता छिट्टै ढल्न नसक्ने माओवादीको निश्कर्षले संयुक्त आन्दोलनको सुरु भयो । माओवादीले पनि अग्रगामी परिवर्तनका लागि राजाको शासन अन्त्य गर्ने र संविधान सभावाट नयाँ संविधान निर्माण गर्ने गरी १२ बुँदे सम्झौतामा सहमत भयो ।
त्यसपछि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला,एमाले महासचिव मावध कुमार नेपाल,जनमोर्चा नेपाल,नेपाल मजदुर किसान पार्टी,लगायता ७ दलका नेताहरु बिच दिल्लीमा १२ बुँदे सम्झौता भयो ।
निरंकुश राजतन्त्रका विरुद्ध ०६२।०६३ सालमा १९ दिने दोस्रो जनआन्दोलन भयो । नेपालमा राजा ज्ञानेन्द्र शाहले गद्दी परित्याग गरे । नेपालमा शान्ति प्रक्रियाको सुरु भयो । जनयुद्धको लक्ष्य,उद्देश्यहरु शान्ति प्रक्रियाबाट पुरा गर्ने सपना बाकेर माओवादी शान्ति प्रक्रियामा आयो ।
तर माओवादीको मुख्य नेतृत्वमा आएको विचारको विचलनले आजभन्दा १८ बर्ष अघि २०६३ साल मंसिर ५ गते आजैको दिन विधिवत रुपमा जनयुद्धको अन्त्य गरी शान्ति सम्झौतामा हस्ताक्षर गरियो । यसमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाले हस्ताक्षर गरे ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा जनयुद्ध अन्त्य शव्द राखिएपनि त्यो केवल शव्दमा मात्र हो तर जनयुद्ध जारी छ भनेर पार्टी नेता कार्याकर्तालाई मख्ख पारे । अन्ततः भित्रैबाट प्रचण्डले जनयुद्ध त्यागेको विस्तारै पुष्टि हुदै गयो । माओवादीले जनयुद्धको सपना छोड्दै गएकाले संसदीय व्यवस्थामा रमाउने अवस्था बन्यो ।
२०६४ सालको संविधान सभा चुनावमा माओवादीलाई जनताले सवैभन्दा बढी मत दिए । देशी विदेशी षड्यन्त्रले त्यो संविधान सभा विगठन भयो । फेरी २०७० सालमा अर्को संविधान सभाको चुनाव भयो । त्यहाँसम्म माओवादी आन्तरिक विचारको वहसमा विभाजित भईसकेको थियो । एउटा हिस्सा चुनावमा गयो नराम्रोसंग हार खायो ।
अहिले पनि प्रचण्ड नेतृत्वको माओवादी संसदीय अभ्यासमा छ । क्रान्तिकारी विचारको वहस र नेतृत्व गर्ने माओवादी नेताहरु संसदीय अभ्यास भन्दा वाहिर छन ।
विप्लव, किरण लगायतका नेताहरु निरन्तर संसदीय व्यवस्थाको विरुद्धमा छन । नेपालमा यो गणतन्त्र दलाल पुँजीवादीको गणतन्त्र भएको भन्दै नेपालमा समाजवादी गणतन्त्रको वहस गरिरहेका छन । यो हिसावले के भन्न सकिन्छ भने नेपालमा भएको शान्ति सम्झौता केबल जनयुद्धको अन्त्य हो र जनयुद्धका उपलव्धीको अन्त्य मात्र हो ।
हजारौ पीडितहरुले १८ बर्षसम्म न्याय पाएका छैन । हजारौ जनताले आफ्नो जीवनमा राहत पाएका छैनन । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग नाम मात्रका बनेका छन । शान्ति प्रक्रियाका कुनै पनि काम पुरा भएका छैनन् । मात्र जनमुक्ति सेना विगठन गरि हतियार सेना बुझाउनेसम्मको काम भएको छ । एकथरीले यसलाई नै शान्ति प्रक्रिया पुरा भएको मानेका छन । यो गलत छ । यसले नेपालमा दिगो शान्ति हुने छैन । शान्ति प्रक्रिया त्यहाँ पुरा हुनेछ जव जनयुद्धको लक्ष्य उद्देश्यहरु पुरा भएको नेपाली जनताले अनुभूति गर्नेछन ।